सिड्नीमा मोटरसाईकल दुर्घट्नामा नेपाली बिद्यार्थीको मृत्यु


प्रकाशित मिति : असार २६, २०७४ सोमबार

– नारायण खड्का
असार २५, २०७४

अष्ट्रेलियाको सिड्नीमा सडक दुर्घटनामा परेर एक २१ बर्षीय नेपाली बिद्यार्थीको मृत्यु भएको छ ।

दाङ तुल्सीपुर घर भएर यहाँको सेन्ट्रल क्युन्सल्याण्ड युनिभर्सिटीमा ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी अध्ययनरत सुसन थापाको मोटरसाईकल दुर्घटनामा परेर मृत्यु भएको हो । तीन बर्षअघि बिद्यार्थी भिषामा सिड्नी आएका थापा गत मंगलबार आफुले काम गर्ने स्थानबाट घर फर्किरहेको बेला मोटरसाईकल दुर्घटनामा परेको उनका नजिकका साथी सन्तोष भण्डारीले जानकारी दिए ।

मृतक थापाले चलाइरहेको मोटरसाईकललाई ट्याक्सीले ठक्कर दिएको थियो । ठक्करबाट सडकमा लडेका उनलाई पछाडिबाट आइरहेको भ्यानले किच्यो । गम्भिर घाइते भएका उनलाई स्वास्थ्यकर्मी र प्रहरीको सहयोग स्थानीय अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनलाई चिकित्सकहरुले शनिबार साँझ मृत घोषित गरेको भण्डारीले कान्तिपुरलाई जानकारी दिए ।

थापाको शवलाई अहिले यहाँस्थित कोरोनरको कार्यलमा राखिएको छ । परिवारका जेठा छोरा उनको आमा बुबा र भाई नेपालमै छन् भने उनी केही महिनामै आफ्नो अध्ययन पुरा गर्ने तयारीमा थिए । उनको शवलाई परिवारको आग्रहमा अन्तिम संस्कारका लागि नेपाल पठाउन सहयोग रकम संकलन समेत शुरु गरिएको छ । एनआरएन अष्ट्रेलिया न्यु साउथ वेल्सका संयोजक दिनेश पोखरेलले आफुहरुले पीडितहरुलाई सकेजति सहयोग पुरयाउने प्रतिबद्धता ब्यक्त गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com