पहिरोले पासाङलामु राजमार्ग बन्द


प्रकाशित मिति : असार २६, २०७४ सोमबार

रसुवा, २६ असार । पहिरोका कारण पासाङलामु राजमार्गको मूलखर्क खण्डमा आज बिहानदेखि सवारीसाधन आवागमन बन्द भएको छ ।

रसुवाका जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज खड्काका अनुसार पहिरो पन्छाइ सवारीसाधान सञ्चालन गराउन प्रयास जारी भइसकेको छ । सडक बन्द हुँदा यात्रुबाहक सानाठूला दर्जनौँ सवारीसाधन र चीनको केरुङबाट सामान ढुवानी गर्ने सयौँ कन्ट्रेनर अलपत्र परेका छन् ।

पहिरोले सडकमा ठूलठूला ढुङ्गा ल्याएको र सडक खुलाउन विष्फोट गराउन पर्ने भएकाले डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय भइरहेको प्रहरीले बताएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com