इलाममा चारसय ५२ जनाको जमानत जफत


प्रकाशित मिति : असार २५, २०७४ आईतबार

स्थानीय निकायको निर्वाचनमा उम्मेदवार बनेका यहाँका ४५२ जनाको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत भएको हो ।

इलाम नगरपालिकाका ९५ जना, माई नगरपालिकाका ६८ जना, सूर्योदय नगरपालिकाका ९५ जनाको जमानत जफत भएको हो ।

त्यसैगरी, चुलाचुली गापाका ६२ जना, फाकफोकथुम गापाका ४५ जना, माई जोगमाई गापाका २७ जना, रोङ गाउँपालिकामा ३७ जना र सन्दकपुर गाउँपालिकामा २३ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।

सङ्घीय समाजवादी फोरम नेपाल, राप्रपा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टीलगायत नौवटा दल र स्वतन्त्रका उम्मेदवारले जमानत जोगाउन सकेनन् । स्थानीय तहको निर्वाचनमा इलाममा एक हजार ५९४ जनाले उम्मेदवारी दिएका थिए । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com