Follow @khasokhasmag

कीर्तिपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली


प्रकाशित मिति : असार २५, २०७४ आईतबार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

कीर्तिपुर नगरपालिकाको यहाँ आज ‘प्रथम नगरसभा’को उद्घाटन गर्दै अध्यक्ष ओलीले कीर्तिपुर ऐतिहासिक ठाउँ तथा यसको आफ्नै छुट्टै विशेषता भएको बताउनुभयो ।

“यहाँको विकास गरी पर्यटक भित्र्याउनु पर्छ,” उहाँले भन्नुभयो । कीर्तिपुरको विकासका लागि जनप्रतिनिधिलाई सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा सांसद राजन केसी, नगरप्रमुख रमेश महर्जन र उपप्रमुख सरस्वती खड्काले सबै राजनीतिक दलको सहयोगले मात्र कीर्तिपुरको विकास सम्भव भएको बताउनुभयो ।

कार्यक्रममा नगरउपप्रमुख खड्काले करिब रु ७९ करोडको बजेट प्रस्तुत गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com