कांग्रेसले ल्याएको रिजल्टले अचम्भित भएको छु : एमाले अध्यक्ष ओली


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

असार २४, २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको हित विपरित ल्याइएको संविधान संसोधनको प्रस्ताव आफुहरुलाई मान्य नहुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग अध्यक्ष ओलीले प्रतिपक्षसंग कुनै सल्लाह समेत नगरी सत्तापक्षले एकलौटी रुपमा ल्याएको संविधान संसोधनको प्रस्ताव स्वीकार्य नहुने बताउनु भएको हो । प्रस्ताव फिर्ता लिएर संशोधन गर्नुको औचित्यबारे अन्य दलसँग छलफल गरेर सबैको सहमतिमा नयाँ प्रस्ताव ल्याउनुपर्ने उहाँले माग गर्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले सत्तापक्षले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संसोधनको प्रस्ताव ल्याउने सहमति गरेपनि अहिले नयाँ प्रस्ताव ल्याउन खोजेर षडयन्त्र गर्न लागेको आरोप लगाउनुभयो ।

व्यवस्थापिका संसदको आयु थप गर्ने कुरा कल्पना समेत गर्न नसकिने भन्दै आगामी माघ–७ गते भित्र बाँकी सवै निर्वाचन सम्पन्न गर्नेतर्फ दलहरु लाग्नुपर्नेमा उहाँको जोड थियो । अर्को प्रसंगमा अध्यक्ष ओलीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेसले ल्याएको मतबाट आफू अचम्मित भएको बताउनुभयो । जनतालाई आफूहरुले राम्ररी बुझाउन नसकेकोले नै कांग्रेसले यति धेरै सिट जितेको उहाँको भनाई थियो । दोस्रो चरणको निर्वाचनमा धनकुटा बाहेकको जिल्लाको परिणामबाट आफू सन्तुष्ट नभएको उहाँले उल्लेख गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com