हिम्मत !


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

असार २४, २०७४

मान्छेका संघर्ष अनन्त छन् । महिलाका संघर्ष झनै धेरै छन् । कोटेश्वरबाट थापाथलीस्थित कान्तिपुर पब्लिकेसन आउँदै गर्दा तीनकुनेमा यस्तै संघर्षको झलक अपलक देख्न पाइयो । दायाँ–बायाँ ख्यालै नगरी मैले खिचिक्क पारिहालें । ना२त ९७६१ नम्बरको हाते ट्याक्टरको मुन्टो चर्को आवाज निकाल्दै गैरीधारातिर सोझिइरहेको थियो । ट्याक्टर महिलाहरुले छोपिएको जस्तो देखिन्थ्यो । अनि मान्छे जत्तिकै थिए डोको पनि । सायद तिनीहरु कतै तरकारी बेचेर फर्किंदै थिए । यो तस्बिरले महिलाका संघर्ष मात्रै देखाइरहेको थिएन, अर्थेँपार्जनका निम्ति तिनीहरुले मोलिरहेको जोखिमलाई पनि औंल्याइरहेको थियो । किनकि अटेसमटेस भएर तिनीहरु ट्याक्टरमा अटाएका थिए । कतिसम्म भने ट्याक्टरको पछिल्लो ढालामा एकले अर्कालाई समातेर तिनीहरु उभिएका थिए । महिला सशक्तिकरण भनौं कि महिलाका बाध्यता भनौं, जहान पाल्न देखाएको सक्रियता भनौं कि के भनौं ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com