राजदूत भन्छिन्- ‘सबै मिलेर काम गर्नुपर्छ’


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

असार २४, २०७४- अष्ट्रेलियाका लागि नवनियुक्त राजदुत लक्की शेर्पाले अष्ट्रेलियामा रहेका नेपालीहरुको सीप र दक्षतालाई नेपालको विकासका लागि प्रयोग गर्न लागिपर्ने बताएकी छिन् ।

करिब १ महिनाअघि राजदुत नियुक्त भएर आएकी शेर्पाले नेपाली समुदायसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता मात्र ब्यक्त गरिनन् कि नेपाली समुदाय र नेपालको हितका लागि आफूले सरकारको प्रतिनिधिको रुपमा अझ उत्कृष्ट काम गर्ने दाबी समेत गरिन् । राजदुत भएपछि पहिलोपटक सिड्नी आइपुगेकी राजुदतले यहाँस्थित महावाणिज्युदतावासको कार्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा अष्ट्रेलियामा रहेका प्राय नेपालीहरु दक्ष भएको बताउदै शेर्पाले यहाँका नेपालीहरुको सीप र क्षमतालाई नेपालमा लगानी गर्नका लागि आफ्नो पहल रहने समेत बताइन् ।

शुक्रबार शेर्पालाई यहाँका नेपालीहरुसँग औपचारिक परिचय गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा राजदूत शेर्पाले नेपाल र अष्ट्रेलियाबिचको सम्बन्धलाई अझ सुमधुर बनाउन र अष्ट्रेलियाले पुर्‍याउदै आएको सहयोग बृद्धिका लागि पहल गर्ने बताइन् । उनले अष्ट्रेलियासँग व्यवसायिक सम्बन्ध कायम गर्न आफु लागि पर्ने दाबी समेत गरिन् । आफू सबै नेपालीको राजदूत भएर आएको बताउदै नेपाल र नेपालीहरुको हितका लागि काम गर्ने सुनाइन् ।

भर्खरै नियुक्त भएर आएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पहिलो काम दुतावासको वेबसाइटलाई परिष्कृत र सहज बनाउने काम गरिन् । त्यतिमात्र नभएर अहिलेसम्म आएका सबै राजदुतभन्दा सहज पहुँच र काममा चुस्तता ल्याउने कोशिष गरेकी छिन् । कार्यक्रममा बाणिज्यदुत दीपक खड्का, एनआरएनका केन्द्रीय अध्यक्ष शेष घले, अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल लगायतका बिभिन्न संघसंस्थाका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com