जन्मदिनमा पूर्वराजा ज्ञानेन्द्रको सन्देशः हामी ब्यूँतन अब ढिला गर्नु हुँदैन


प्रकाशित मिति : असार २३, २०७४ शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र शाहले पद प्रतिष्ठा र प्रशंसा भन्दा आफ्नो निरन्तरको चाहना देशभक्ति भएको बताएका छन् । निर्मल निवासमा शुभेक्षुकहरुसँग शुक्रबार ७१ औं जन्मदिन मनाइरहदा जन्मदिनको अवसर पारेर वक्तव्य जारी गर्दै शाहले आफूलाई शुभेक्षा प्रकट गर्ने र शुभकामना दिने सबैप्रति आभार प्रकट गरेका छन् ।

आफ्नो निरन्तरको चाहना देशभक्ति भएको भन्दै उनले भनेका छन्, ‘हाम्रा पुर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित होस्, सदा सम्बृद्धिको बाटोमा अघि बढोस् मेरो मूल चाहना र कामना यही नै हो ।’

पूर्वराजा ज्ञानेन्द्रले देश जोगियोस् र विखण्डनमा नलागी सुदृढ राष्ट्रिय एकतातर्फ अग्रसर होस् भन्ने आफ्नो मनोकांक्षा रहेको बताए । ‘यस्तो भावना आम नेपालीमा र खासगरी राष्ट्रका जिम्मेवार जनप्रतिनिधिहरुमा रहोस् यही नै मेरो आग्रह हो,’ उनले भनेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सबै एकजुट हुनुपर्ने उनले बताएका छन् ।

साथै देश संकटमा पर्दा देशवासीले अभुतपूर्व एकता देखाउने गरेको र यसलाई सधै तयार हुनुपर्ने उनले बताएका छन् । पूर्वराजा शाहले भनेका छन्, ‘पूर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेका बेलामा हामी भने कस्तुरी हराएको मृग झै शुन्यतामा हराइरहेका छौं । हामी कृयाशील ऊर्जा बोकेर बिउँतन अब ढिला गर्नु हुँदैन ।’

शुक्रबार जन्मोत्सवमा उनलाई शुभकामना दिनेहरु निर्मल निवास वरपर राजभक्तहरु झुम्मिएका थिए । राजसंस्थाको समर्थकदेखि पूर्वमन्त्रीहरु, प्रहरीका पूर्वअधिकृतसम्म हातमा पुष्पगुच्छा लिएर शुभकामना दिनेहरुको लाइनमा देखिन्थे ।

कतिपयले ज्ञानेन्द्र शाहको फोटो र ‘श्री ५ महाराजधिराज’ लेखिएको प्लेकार्ड बोकेका थिए । परम्परागत झाँकी र भेषभुषामा सजिएकाहरु पूर्वराजाको जयजयकार गर्दै त्यहाँ पुगेका थिए ।

आफ्ना समर्थकहरुको घुइँचो देखेर हौसिएका ज्ञानेन्द्रले विगतकै आफ्नो अभिव्यक्तिलाई निरन्तरता दिँदै पनि राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सबै एकजुट हुनुपर्ने धारणा सञ्चारकर्मीमाझ राखे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com