पुराना नोट प्रदर्शनी सुरु


प्रकाशित मिति : असार २३, २०७४ शुक्रबार

काठमाडौँ, २३ असार । नेपाल फिलाटेलिक सोसाइटीले आफ्नो स्वर्ण उत्सवका उपलक्ष्यमा आजदेखि नेपाली नोटको प्रदर्शनी सुरु गरेको छ ।

तीन दिनसम्म नेपाल कला परिषद्मा सुरु भएको प्रदर्शनीमा विसं २००२ मा छापिएका रु ५, १० र १०० तथा त्यसपछि छापिएका मुद्राको सङ्कलन छ । उन्नाइस सङ्कलकले सङ्कलन गरेका विभिन्न्न मुलुकका नोट पनि समावेश गरिएको छ ।
प्रदर्शनीको उद्घाटन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले पुराना सिक्का तथा नोटले तत्कालीन समाजको विकास क्रम तथा सभ्यतालाई बुझाउने हुँदा तिनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली नोट छपाइका लागि विदेशमा लैजानुपर्ने बाध्यता रहेको बताउँदै त्यसका लागि ठूलो धनराशि खर्च हुने गरेकाले सर्वसाधारणलाई नोट जतन गर्न सुझाव दिनुभयो ।

मुद्रा सङ्कलक जयहरि झा, कार्यक्रमका संयोजक सागरमान श्रेष्ठलगायतले स्वदेशमा विभिन्न राष्ट्रका नोट प्रदर्शन गरी त्यसबारे जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । २०२३ सालदेखि सो संस्थाले प्रत्येक दुई दुई वर्षमा प्रदर्शनी गर्दैआएको छ । मुद्रा झासँग सदर मुलुकीखाना रहँदाका तीन खचाञ्जी र राष्ट्र बंैक स्थापना भएपछिका १७ गभर्नरका सही भएका नोटहरुको सङ्कलन छ ।

सोसाइटीका अध्यक्ष शङ्कर श्रेष्ठले अन्तर्राष्ट्रिय तहमा समेत हुलाक टिकट प्रदर्शन गरी नेपालका सम्पदा तथा मुद्राका बारेमा जानकारी गराउन प्रदर्शनी उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com