बाढीपीडितको अवस्था बुझ्न प्रधानमन्त्री देउवा सप्तरी जाँदै


प्रकाशित मिति : असार २३, २०७४ शुक्रबार

सप्तरीको भेडिया र मयनाकरेडीका बाढीपीडितको अबस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा आज सप्तरी जाँदै हुनुहन्छ । गत शनिवार महुली खोलाको बाढीबाट अति प्रभावित बाढीपीडितको अवस्था बुझ्न प्रधानमन्त्री देउवा बिहान ९ बजे हेलिकप्टर मार्फत सप्तरी जान लाग्नुभएको हो ।

प्रधानमन्त्री देउवाले सेना, सशस्त्र र नेपाल प्रहरीले पुननिर्माण गरिरहेको तटबन्धस्थलको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो । प्रधानमन्त्री देउवाले खाडो खोलाको बाढीबाट प्रभावित तिलाठी, मलेठ, रायपुरको पौंवाटोल, रघुनाथपुर लगायतका स्थानमा भएको क्षतिबारे हेलिकप्टरबाट हवाई अनुगमन गर्ने कटुवालले बताउनुभयो । प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रमा जाने भएपछि खाडो र महुली खोलाले बर्षौदेखि दिदैँ  आएको दुखको स्थायी समाधान निस्कने र तटबन्ध निर्माण, मर्मत कार्य अघि बढ्नेमा बाढीपीडित आशावादी देखिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com