सगरमाथामा यस वर्ष ४४८ पुगे


प्रकाशित मिति : असार २३, २०७४ शुक्रबार

असार २३, २०७४- यस वर्षको वसन्तकालीन सिजनमा स्वदेशी र विदेशी गरी ४ सय ४८ आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । चैतदेखि सुरु भई जेठमा सकिएको आरोहण सिजनमा १ सय ८९ विदेशी र २ सय ५९ नेपाली गरी ४ सय ४८ आरोही सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । गत वर्षको यही वसन्तकालीन याममा २९ मुलुकका १ सय ९९ विदेशी र २ सय ५७ जना नेपाली गरी ४ सय ५६ ले सगरमाथा अरोहण गरेका थिए ।

विभागको पर्वतारोहण शाखाका नायब सुब्बा खेमराज अर्यालका अनुसार यसपटक सगरमाथा आरोहणका लागि सलामी दस्तुर तिरेर परमिट लिनेमा २१ जना नेपालीसहित ३ सय ७५ थिए । सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर (११ लाख ४३ हजार हाराहारी) र नेपालीले ७५ हजार रुपैयाँ सलामी दस्तुर तिर्नुपर्छ । यसपटकको सिजनमा सगरमाथा आरोहणका लागि नेपालसहित ४५ भन्दा बढी मुलुकका नागरिकले अनुमति लिएका थिए ।

यस सिजनमा सगरमाथा चुचुरोमा पुग्ने २ सय ५९ नेपालीमध्ये अधिकांश सलामी दस्तुर तिर्नु नपर्ने नेपाली थिए । विदेशीलाई आरोहणमा सघाउने, हाई अल्टिच्युट गाइड, सरदार, शेर्पा आदिले सलामी दस्तुर तिर्नु पर्दैन । तर, आरोहण दलको सदस्य वा टिम लिडरको अनुमति लिने नेपाली आरोहीले प्रतिव्यक्ति ७५ हजार रुपैयाँ तिर्नुपर्छ । विभागका प्रवक्ता दुर्गादत्त ढकालका अनुसार यस वर्ष सगरमाथा आरोहणका क्रममा एक नेपालीसहित ५ जनाको मृत्यु भएको छ ।

नेपालले ५ हजारभन्दा अग्ला ८ हजार ८ सय ४८ मिटरसम्मका १३ सय १० वटा हिमचुचुरा पहिचान गरेको छ । यीमध्ये ४ सय १४ हिमाल आरोहणका लागि खुला गरेको छ । तर, हरेक वर्षको वसन्तकालीनलगायतका सिजनमा सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, नुप्से, अन्नपूर्ण, मनास्लु र धौलागिरि आरोहण गर्न अनुमति लिनेको संख्या अधिक हुन्छ । सरकारले वर्षमा चारपटक (वसन्त, वर्षा, शरद र हिउँदयाम हिमाल आरोहणका लागि खोल्ने गरेको छ । यी चार सिजनमध्ये वसन्तकालीन याममा सबैभन्दा धेरै आरोहणका लागि हिमालका आधार शिविरमा पुग्ने गर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विभागबाट यसपटक कञ्चनजंघा आरोहणका लागि ११ जना विदेशी पुगेका थिए । तर, आरोहण सफल हुन नसकेको नायब सुब्बा अर्यालले बताए । त्यस्तै मकालु आरोहणका लागि ४५ जना विदेशी गएका थिए । यीमध्ये १२ विदेशी र १४ नेपालीले आरोहण गरेका थिए । ल्होत्सेका लागि १ सय १३ विदेशी त्यहाँ पुगेका थिए । उनीहरूमध्ये ५९ विदेशीसहित ९५ चुचुरोमा पुग्न सफल भए । यो हिमाल आरोहमा ३६ नेपाली थिए ।

यता पश्चिमतर्फको अन्नपूर्ण आरोहणका लागि १४ र धौलागिरिका लागि ७७ जना विदेशीले अनुमति लिएका थिए । तीमध्ये अन्नपूर्णमा ६ जना र धौलागिरिमा ३२ विदेशीसहित ५९ ले आरोहण सके ।

नेपालमा भएका हिमालमध्ये सबैभन्दा धेरै खर्च सगरमाथा आरोहणमा लाग्छ । विदेशीले एकपटक सगरमाथा आरोहण गर्दा सरकारलाई तिर्ने आरोहण दस्तुर ११ लाख रुपैयाँसहित कम्तीमा ३० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च गर्छन् ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com