नेपालले पहिलोपल्ट खेल्ने


प्रकाशित मिति : असार २३, २०७४ शुक्रबार

असार २३, २०७४- नेपाली टिम औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा ‘एएफसी फुटसल च्याम्पियनसिप २०१८ छनोट’ मार्फत् प्रवेश गर्ने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिताको छनोटमा नेपाली टिम दक्षिण तथा मध्यक्षेत्रको समूह ‘ए’ मा परेको छ । क्वालालम्पुरमा बिहीबार भएको ‘ड्र’ मा नेपालले उज्वेकिस्तान, कीर्गिस्तान र तुर्कमेनिस्तान रहेको समूहमा प्रतिस्पर्धा गर्नुपर्ने भएको हो । यस क्षेत्रको अर्को समूहमा डिफेन्डिङ च्याम्पियन इरान, ताजकिस्तान र अफगानिस्तान छन् । समूह विजेता र उपविजेता च्याम्पियनसिपमा छनोट हुनेछन् ।

छनोटका खेलहरू अक्टोबर १३ देखि २० सम्म इरानको ताबरिजमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एएफसीका पूर्व, पश्चिम, दक्षिण–पूर्वी र दक्षिण–मध्य गरी चार क्षेत्रमा छनोट सञ्चालन हुनेछ । प्रत्येक क्षेत्रबाट ४–४ टिम फाइनल चरणमा प्रवेश गर्नेछन् ।
सहरहरूमा खेल मैदान घट्दै गएपछि दशकयता राजधानी काठमाडौं तथा मोफसलका सहरी युवामाझ फुटसल लोकप्रिय बनेको हो । विश्वमा फुटबल संघ/महासंघ नै फुटसलको पनि सर्वोच्च संस्था हुन् । फुटसललाई पनि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र यसका सदस्यहरूले नियमन गर्दै आएको छ ।

फुटसलको विश्वकप फिफाले आयोजना गर्छ । एसियाली च्याम्पियनसिप एएफसीले सञ्चालन गर्छ । विश्वकप सन् १९८९ मा सुरु भएको थियो । ब्राजिलको वर्चस्व रहेको विश्वकपको आठ संस्करण भएको छ । यस प्रतियोगिता १९९६ यता चार–चार वर्षमा सञ्चालन भइरहेको छ । महादेशीय च्याम्पियनसिपको प्रदर्शनका आधारमा विश्वकपलाई टिम छनोट हुने गर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९९९ मा मलेसियाबाट सुरु भएको एएफसी फुटसल च्याम्पियनसिप २००८ सम्म बर्सेनि आयोजना हुने गथ्र्यो । त्यसयता भने दुई–दुई वर्षमा हुँदै आएको छ । अहिलेसम्म इरान र जापानले अरु टिमलाई एसियाली च्याम्पियन बन्न दिएका छैनन् । इरानले सर्वाधिक ११ र जापानले तीनपल्ट उपाधि कब्जा गरेका छन् । एसियाली फुटसलको सर्वोच्च प्रतियोगिताले १८ वर्ष लाग्दा नेपालले पहिलोपल्ट सहभागिता जनाउन लागेको हो ।

राष्ट्रिय फुटसल लिग हुने
एन्फाले चार वर्षअघि नै बसन्त अर्यालको संयोजकत्वमा फुटसल कमिटी गठन गरेको थियो तर कमिटी निस्क्रिय रह्यो । गत माघमा उनलाई रमेश रायमाझीले विस्थापित गरेपछि एएफसीको सहयोगमा फुटसल कोचिङ कोर्स भयो । त्यसमा १९ पूर्वफुटबलर सहभागी थिए । निजी स्तरबाट भने नियमति प्रतियोगिताहरू भइरहेका छन् ।

१५ औं एएफसी फुटसल च्याम्पियनसिपको छनोटलाई नेपाली टिम तयार गर्न राष्ट्रिय फुटसल लिग गर्ने फुटसल कमिटी प्रमुख रायमाझीले बताए । ‘साउनमा फुटसलको राष्ट्रिय लिग गर्नेछौं,’ एन्फाका सदस्य रहेका उनले भने, ‘लिगमा बढीमा १६ टिमलाई खेलाउने तयारी भइरहेको छ । त्यसैबाट राष्ट्रिय टिमका लागि खेलाडी छनोट गर्नेछौं ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com