Follow @khasokhasmag

११ बर्षदेखि इजरायलमा बस्दै आएकी इन्दिरा खड्का गम्भिर घाइते


प्रकाशित मिति : असार २२, २०७४ बिहीबार

बुधबार इजरायलको रिसोन लिजियोनमा गाडीले ठक्कर दिदा ११ बर्ष देखि इजरायलमा केयर गिभर काम गर्दै आएकी झापा धाइजनकी इन्दिरा खड्का गम्भीर घाइते भएकी छिन् । आफूले हेर्दै आएकी बृद्धालाई ह्वीलचेयरमा मेडिकल सेन्टर लैजादै गर्दा सडक क्रस गर्ने क्रममा गाडीले ठक्कर दिएको थियो । उनले हेर्दै आएकी ८८ बर्षिया वृद्धाको घटनास्थल मै मृत्यु भएको छ । घाइते खड्काको खुट्टा, हात र टाउकोमा गहिरो चोट लागेको छ ।

खड्कालाई बुधबार आईसीयुमा राखेर उपचार गरिएको थियो । अहिले उनलाई ओपिडीमा सारिएको छ । घाइते इन्दिरा खड्कालाई गम्भीर चोट लागे पनि खतरामुक्त रहेको अस्पतालले जनाएको छ । खड्काको रिशोन स्थित ‘आसाफर रोफे’ अस्पताल एलिजावेथ भवन, खेरुरीबेत रुम न ३ उपचार भइरहेकोछ । इजरायल रेडक्रस मगेन ड्भिड अदोमले घाइते खड्कालाई अस्पताल लगेको थियो ।

तस्विर: पानाखबर

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com