सुरक्षाकर्मीले सुरु गरे भत्केको बाँध पुनर्निर्माण


प्रकाशित मिति : असार २२, २०७४ बिहीबार

गत शनिबारको बाढीका कारण महुली नदीको बाढीले भेडियाका बिभिन्न स्थानमा भत्काएको तटबन्ध पुननिर्माणमा बिहिवार बिहानवाट सुरक्षाकर्मी जुटेका छन् । 

८० जना नेपाली सेना,५० जना सशस्त्र प्रहरी र २० जना नेपाल प्रहरी बाँध पुननिर्माणमा जुटेको हो । भेडियाको बस्ती नजिककैको पहिलो कटानमा सुरक्षाकर्मीले बोरामा वालुवा हाल्दै जालीमा हालेर बाँध पुनर्निर्माण गरिरहेका छन् । पहिलो कटान बाँधिसकेपछि अन्य चार कटान बाध्ने योजना सहित सोही क्षेत्रमा बाँध निर्माण नहुन्जेल सुरक्षाकर्मी खटिएको निर्माणस्थलमा रहेका नेपाली सेनाका सेनानी अशोककुमार कार्कीले बताए । 

बाढी आएको ६ दिनपछि सप्तरीको मयनाकरेडी र भेडियाका बाढीपीडितहरुले सरकारी राहत पाएका छन् । गत शनिवार आएको बाढीका कारण उक्त दुईबस्ती डुवानमा परेको थियो । 

बाढीबाट घर बगेको र अति प्रभावित भएका १५ परिवारलाई जिल्ला दैबि प्रकोप उद्धार समितिका तर्फबाट प्रति परिवार नगद पाँचहजारका दरले समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले हस्तान्तरण गरे । बाढीका कारण क्षति भएका अन्य घरको बिबरण संकलन भइरहेको उनले बताए । बाढीवाट घर बगेकाहरुको घर घरमै प्रमुख जिल्ला अधिकारी आफै पुग्दै अति प्रभावित प्रमाणीकरण गर्दे राहत हस्तान्तरण गर्ने गरेका छन् ।

भेडिया र मयनाकरेडीका  अन्य बाढीपीडितहरुलाई स्थानिय तिरहुत गाउँपालिकाका तर्फवाट खाद्यान्न बितरण गरिएको छ । यसका अतिरिक्त धरान स्थित पुर्वाञ्चल इन्जिनयरिङ क्यामपसको नेपाल तराई विद्यार्थी नवजागरण संघले पनि बिहिवार भेडिया र मयनाकरेडीका बाढीपिडितलाई मुरही,चिउरा र चाउचाउ बितरण गरेको छ । दुग्ध बिकास संस्थान ढल्केवरले भेडिया र मयनाकरेडीका बाढीपीडत ८५ परिवारलाई २० किलोका दरले चिउरा,२० प्याकेट चाउचाउ,५ बोतल मिनरल वार्टर। 

घर बगेका १५ जनालाई पाल वितरण गरेको छ । यस्तै राजपा महोत्तरीले संकलन गरेको राहत समाग्री भेडिया मयनाकरेडीमा तथा राजपा मोरङले बाढी प्रभावित सकरपुरामा राहत वितरण गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com