त्रियुगा नगरपालिकामा एमाले विजयी


प्रकाशित मिति : असार २२, २०७४ बिहीबार

८ मध्ये ६ वटामा एमालेको जीत, बेलका पनि अगाडि

उदयपुरको त्रियुगा नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका बलदेव चौधरी ११ हजार ३ सय ६८ मत ल्याएर विजयी भए । कांग्रेसका वसन्त बस्नेतले ११ हजार २ सय ९५ मत पाए ।

उपमेयरमा भने कांग्रेसकी देवी चौधरी निर्वाचित भएकी छन् । उनले ११ हजार ३ सय २२ मत पाइन् भने एमालेकी गीता रेग्मीले ११ हजार २ सय ७९ मत ल्याइन् ।

उदयपुरका ८ स्थानीय तहमध्ये ६ वटा एमालेले जितेको छ भने एउटा कांग्रेसले जित्यो । बेलका नगरपालिकामा एमालेले नै अग्रता लिए पनि विवादका कारण रोकिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com