झाडापखला फैलिएको बारपाकका धामी, झाँक्रीलाई स्वास्थ्यमूलक तालीम


प्रकाशित मिति : असार २२, २०७४ बिहीबार

झाडापखला फैलिएको गोरखाको बारपाकका धामीझाँक्रीलाई स्वास्थ्यसम्बन्धी जनचेतनामूलक तालीम दिइएको छ । स्वास्थ्य संस्थामा भन्दा धामी झाँक्रीकोमा बिरामी गई उपचार गर्दा बिरामीको ज्यान नै गएपछि धामीझाँक्रीलाई स्वास्थ्यमूलक चेतना जगाउन बुधबार तालीम दिइएको हो ।

केयर नेपाल र स्वाँरा सघन गाउँ विकास केन्द्रको सहयोगमा जनचेतनामूलक कार्यक्रम गरेको बारपाक स्वास्थ्यचौकी प्रमुख अनिलकुमार शाहले जानकारी दिनुभयो । बारपाकमा ३० जना धामीझाँक्री बसोबास गर्छन् । तालीममा धामी झाँक्रीकोमा ल्याउने बिरामीलाई तुरुन्तै स्वास्थ्य संस्थामा पठाउन आग्रह गरिएको हो ।

दुई साता अघिदेखि बारपाकमा झाडापखालाको समस्या देखिएको थियो । पन्ध्र महिने अमृत घलेको पखालाकै कारणले मृत्यु भएपछि घटना बाहिर आएको थियो । पखाला नियन्त्रणमा आइसकेको स्वास्थ्य चौकी प्रमुख शाहले बताउनुभयो । दूषित पानीको प्रयोगले बर्सेनिजसो पखालाका बिरामी देखिन्छन् । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com