माओवादी शक्तिबीच एकीकरण प्रयास भइरहेको छ : प्रवक्ता भुसाल


प्रकाशित मिति : असार २२, २०७४ बिहीबार

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले विगतमा विभाजनको रुपमा देखिएका माओवादी शक्तिबीच एकीकरणको प्रयास भइरहेको बताउनुभएको छ ।

विभाजित शक्तिसँग कसरी एकीकरण गर्ने भन्नेमा पार्टीभित्र छलफल भइरहेको रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रवक्ता भुसालले बताउनुभएको हो । उहाँले नेकपा माओवादी मन्त्रिमण्डल विस्तारका लागि तयार रहेको बताउनुभयो ।

दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्ण भएको दाबी गर्दै उहाँले तेस्रो चरणको निर्वाचन पनि यही सरकारले तोकिएकै समयमा गर्ने उल्लेख गर्नुभयो ।

राजपाले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि प्रक्रिया अघि बढाएकाले बाँकी निर्वाचनमा राजपाको पनि सहभागिता रहने उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले सरकारले स्थानीय तहलाई प्रदान गरिसकेका कुनै पनि खालका अधिकार कटौती हुन नसक्ने बताउनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com