‘बुटवल एक वर्षभित्र लैङ्गिक हिंसामुक्त उपमहानगर’


प्रकाशित मिति : असार २२, २०७४ बिहीबार

बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख शिवराज सुवेदीले उपमहानगरपालिकालाई एक वर्षभित्र लैंङ्गिक हिंसामुक्त गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा कार्यदल गठन गर्ने घोषणा गर्नुभएको छ ।

यही असार १४ गते भएको निर्वाचनबाट बुधबार निर्वाचित भई आज पदबहाली गर्दै उहाँले उपमहानगरपालिकाका सम्पूर्ण घरको डिजिटल नम्बरिङ गरिने र उपमहानगरपालिकालाई सूचना प्रविधिमैत्री बनाउन मोबाइल एप्स सञ्चालन गरिने बताउनुभयो ।

नवनिर्वाचित नगरप्रमुख तथा उपप्रमुखले उपमहानगरपालिकाको कार्यालयमा र नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यले आआफ्नो वडा कार्यालयमा पदबहाली गर्नुभएको हो । नगर प्रमुख तथा उपप्रमुखलाई उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेले पदबहाली गराउनुभएको थियो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com