खेलाडीलाई पेन्सन र सम्मान दिनुपर्छ : राष्ट्रपति


प्रकाशित मिति : असार २२, २०७४ बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुद क्षेत्रको सम्बद्ध पक्ष सक्रिय भएर अगाडि बढेमा यसले केही वर्षभित्र नै ठूलै फड्को मार्नसक्ने बताउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा नवौँ राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उहाँले राज्यले सकारात्मक प्रोत्साहनका रुपमा खेलाडीको जीवनवृत्ति र स्तरोन्नतिका लागि अवसर प्रदान गर्नुपर्ने तथा खेलाडीलाई सम्मान गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
उहाँले हरेक विद्यालयले आफ्नो क्षेत्रको भौगोलिक अवस्था जलवायु, परम्परा तथा सांस्कृतिक भिन्नताका आधारमा उपयुक्त खेल समावेश गरी प्रतियोगिता सञ्चालन गरेमा खेलकुद क्षेत्रका साथै खेल पर्यटनको समेत विकास हुने विचार व्यक्त गर्नुभयो ।

प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते, उसु, फुटबल र क्रिकेटमा प्रतिस्पर्धा हुनेछ । एथलेटिक्स र फुटबल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, भलिबल राखेपको कभर्ड हल, कबड्डी कीर्तिपुर, तेक्वान्दो पेप्सीकोलास्थित कोटेश्वर तेक्वान्दो डोजाङ, कराते लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्ड हल तथा क्रिकेट कीर्तिपुर क्रिकेट मैदानमा खेलाइनेछ ।

प्रतियोगिताको टिम च्याम्पियनले रु २५ हजार, उपविजेताले रु २० हजार र तेस्रो हुनेले रु १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । एथलेटिक्स, भलिबल र कबड्डीको पदकलाई मात्र निश्चित अङ्क प्रदान गरी समग्रमा टिम च्याम्पियनको घोषणा गरिने छ । व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु तीन हजार, दुई हजार र एक हजार पुरस्कार पाउनेछन् । त्यस्तै पहिलोदेखि तेस्रो हुने टिमका प्रत्येक खेलाडीलाई क्रमशः रु एक हजार ५००, एक हजार र ५०० पुरस्कार प्रदान गरिनेछ । रासस

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com