असार २५ देखि नारायणगढ– मुग्लिन सडक १० घन्टा बन्द गरिने


प्रकाशित मिति : असार २२, २०७४ बिहीबार

पहिरोलगायत कारण असुरक्षित भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड यही असार २५ गतेदेखि राति १० घण्टा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज यहाँ आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकले यातायात सञ्चालनमा रोक लगाएको हो । प्रजिअ नारायणप्रसाद भट्टले बैठकले मुग्लिनतर्फबाट साँझ ७ बजे र नारायणगढतर्फबाट ६ बजेदेखि यातायात रोक्ने निर्णय गरेको जानकारी दिनुभयो । यसैगरी बिहान मुग्लिनबाट ५ बजे र नारायणगढतर्फबाट ४बजे यातायात खुला गरिनेछ ।

यसअघि व्यवस्थापिका–संसद्, विकास समितिले यही असार ११ गते उक्त सडक खण्डको अनुगमन गरेको थियो । समितिले गृह, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलगायत सरोकार भएका मन्त्रालयलाई उक्त सडकखण्डका बारेमा एघारबुँदे विशेष ध्यानाकर्षण र निर्देशन गरेको थियो । उक्त निर्देशनपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय कार्यान्वयन गराउन सुरु गरेको हो ।

विस्तार भइरहेको उक्त सडकखण्डमा राति सम्भव भएका निर्माणका कार्य गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी सडक विस्तारका क्रममा परेका बिजुलीका खम्बा र खानेपानीको पाइप सार्ने र रुख काट्ने कामलाई यथाशक्य छिटो सम्पन्न गरी कामलाई सहजीकरण गरिने प्रजिअ भट्टले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त सडकखण्डमा तीन ¥यापिड रिस्पोन्स टिम (आरआरटी) को व्यवस्था गरिसकिएको प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो । उक्त सडकखण्डमा रहेका ४४ जोखिमपूर्ण घरलाई अस्थायी रुपमा भए पनि तत्काल स्थानान्तरण प्रक्रिया सुरु गरिने भएको छ । उक्त कामको जिम्मेवारी सम्बन्धित स्थानका जनप्रतिनिधिलाई दिइएको छ ।

यता निर्माण कम्पनीहरुले भने राति काम गर्न नसकिने जनाएका छन् । उनीहरुले काम गर्ने मजदुर कर्मचारीको सुरक्षा खतरा रहेकाले काम गर्न असहज हुने बताए । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com