काभ्रेमा अमेरिकन दूतावासको ‘बुक बस’ कार्यक्रम


प्रकाशित मिति : भाद्र २८, २०७९ मंगलबार

काभ्रेका पाँच विद्यालयमा अमेरिकन दूतावासको सहयोगमा ‘बुक बस’ कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम अवधिभर बुक बसले ती विद्यालयमा स्थानीय भाषा, कला, विज्ञान–प्रविधिबारे विविध कार्यशाला तथा किताब पठनपाठन आयोजना गरेको छ । कार्यक्रम सामुदायिक तथा निजी विद्यालयमा यही भदौ १९ देखिदेखि आगामी असोज छ गतेसम्म सञ्चालन गरिएको हो । काभ्रेपलाञ्चोकको बनेपास्थित हिमालय माध्यमिक विद्यालय, समता शिक्षा निकेतन, विद्या सागर स्कुल, आजाद मावि र चैतन्य माविमा बुक बस कार्यक्रम सुरु गरिएको छ ।

उक्त कार्यक्रमअन्तर्गत शैक्षिक तथा सांस्कृतिक कार्यक्रमको आयोजनासमेत हुने संयोजक साम्भवी श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार बुक बसले विद्यालयमा ‘स्टीम’, ‘सिभिल राइटस् एण्ड लिबरटीज’, पुस्तक पठन र कथा वाचनजस्ता कार्यक्रम सञ्चालन भइरहेको छ । एक विद्यालयमा दुईदेखि चार दिनसम्म कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएका छन् ।

उक्त कार्यक्रम सतोरी सेन्टर फर द आर्टस्मार्फत श्रेष्ठ र रुवीना प्रधानले संयोजन गर्दै आउनुभएको छ । बुक बसले विद्यार्थी तथा समुदायमा पठनपाठनको अभिरुचि वृद्धि गर्ने, सिर्जनात्मक सोचाइको विकास गर्ने र विद्यार्थीलाई अर्थपूर्ण तथा स्मरणीय शिक्षा प्रदान गर्ने अवसरको सृजना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुस्तक पठन र कथा वाचनअन्तर्गत विद्यार्थीसँग छलफल गरी कथामा आधारित सिर्जनात्मक क्रियाकलाप गर्न प्रोत्साहन गर्दै आएका छौँ ।” कार्यक्रमका लागि बसलाई नै पुस्तकालय व्यवस्थापन गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल कार्यक्रम सञ्चालित विद्यासागर स्कुलका प्रिन्सिपल हिरा शर्माले बुक बस कार्यक्रम विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका लागि बहुउपयोगी भएको बताउनुभयो । “मिडिया साक्षरता र जलवायु परिवर्तन कार्यशालामा विद्यार्थीको समाचार तथा सामाजिक सञ्जालमा पाइने जानकारी बुझ्ने र विश्लेषण गर्ने क्षमता विकास गरिएको छ, यो विद्यार्थीमा सामाजिकीकरणका लागि निकै उपयोगी मानियो”, उहाँले भन्नुभयो ।

विद्यासागर स्कुल र आजाद उच्च माविमा मझुवा बगर जनकला मञ्च नाटक समूहद्वारा जलवायु परिवर्तन र वातावरणकाबारे लोक नाटक मञ्चन गरिएको छ । त्यस्तै ‘सिभिल राइटस् एण्ड लिबरटीज्’ विधामा विद्यार्थीसँग नागरिक अधिकार, स्वतन्त्रता, असमानता, निष्पक्षता र न्यायका अवधारणाबारे छलफल गरिने संयोजक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार स्टिम कार्यशालामा विद्यार्थीलाई परिचयात्मकरुपमा वैज्ञानिक प्रक्रियाको प्रयोग गरी सोच्न र ज्ञान प्राप्त गर्न प्रोत्साहन गरिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com