दोश्रो चरणको चुनावी अनुमान पनि मिल्यो ९९ प्रतिशत


प्रकाशित मिति : असार २२, २०७४ बिहीबार

एबीसी टेलिभिजनले स्थानीय तहको निर्वाचनका बेला पहिलो चरणमा गरेको चुनावी अभियान ९९ प्रतिशत मिलेको थियो भने दोस्रो चरणमा गरेको चुनावी अनुमान पनि ९९ प्रतिशत मिलेको छ ।

दोस्रो चरणको निर्वाचन मतदानको दिन असार १४ गते सांझ ५ बजै एबीसी टेलिभिजनले एबीस मिडिया ग्रुपका अध्यक्ष शुभशंकर कंडेलले राजनीतिक शास्त्री तथा विश्लेषयहरुका बीचमा एक्जिट पोल सार्वजनिक गरेका थिए । एक्जिट पोल बहसमा कंडेलसंगै राजनीतिशास्त्री डाक्टर लोकराज बराल, पूर्वमन्त्री रमेश नाथ पाण्डे, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउंले र एबीसी न्युजका समाचार निर्देशक डा सुरेश आचार्य थिए ।

एबीसी एक्जिट पोलमा नेकपा एमालेले कम्तीमा १४३ स्थानीय तहमा प्रमुख जितेर पहिलो पार्टी बन्ने प्रक्षेपण गरेको थियो । त्यो बाहेक २२ स्थानमा तीब्र प्रतिस्पर्धा हुने र त्योमध्येबाट पनि केही सिटहरु एमालेले ल्याउने अनुमान गरिएको थियो ।

दोस्रोमा सत्तारुढ नेपाली कांग्रेसले कम्तीमा १०७ तहमा जित्ने तथा २ स्थानमा तीब्र प्रतिस्पर्धा हुने र त्योमध्येबाट पनि केही सिटहरु एमालेले ल्याउने अनुमान गरिएको थियो । तेस्रोमा माओवादी केन्द्रले ३५ तहमा प्रमुख जित्ने र तीब्र प्रतिस्पर्धा हुने स्थानबाट थप केही सिट ल्याउने अनुमान गरिएको थियो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

दोश्रो चरणको चुनावमा हालसम्म एमालेले १४२ स्थानमा जीत हासिल गरेको छ भने ८ स्थानमा अग्रता कायम गरिरहेको छ । त्यस्तै काँग्रेसले ११७ स्थानमा जितेको छ भने ६ स्थानमा अग्रता कायम गरिरहेको छ । माओवादी केन्द्रले ३७ स्थानमा जितेको छ भने १ स्थानमा अग्रता कायम गरिरहेको छ ।

एक्जिट पोलमा मधेश केद्रित दल संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले समान ६ स्थान जित्ने प्रक्षेपण जस्ताकोतस्तै मिलेको छ ।
प्रक्षेपणमा राप्रपाले २ स्थान जित्ने भनिएकोमा ४ स्थान हात पारेको छ ।

दोस्रो चरणको निर्वाचन सुरु हुनेबेलाबाटै जनमत तयारीमा रहेकाले राजपाले ८ स्थानसम्म जित्ने प्रक्षेपण थियो । तर अन्तिममा राजपाले चुनवा वहिस्कार गर्यो भने स्वतन्त्र उमेदबार उठाउंदा उसले जित्ने सिट नेका र एमालेले खोस्न पुगे । एबीसी न्युज देशभरको राजनीतिक पक्षेपण र जनताको नाडी छाम्न सफल भएको मत परिणामले देखाएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com