३०५ स्थानको मत परिणाम सार्वजनिक, एमाले १३४ र कांग्रेस ११६ मा विजयी


प्रकाशित मिति : असार २१, २०७४ बुधबार

असार २१, २०७४- स्थानीय तह दोस्रो चरण निर्वाचनअन्तर्गत बुधबार दिउँसो साढे २ बजेसम्ममा ३ सय ५ स्थानको मत परिणाम प्राप्त भएको छ । अब २९ स्थानको परिणाम सार्वजनिक हुन बाँकी छ । असार १४ गते ३ सय ३४ स्थानीय तहमा निर्वाचन भएको थियो ।

प्राप्त नतिजा अनुसार एमालेले १३४, कांग्रेस ११६माओवादी केन्द्र ३६राप्रपाले ४ वटा स्थानीय तहको प्रमुखमा जितेका छन् । १५ स्थानमा संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय जनमोर्चा, स्वतन्त्र लगायत विजयी बने ।

एमालेले प्रदेश १ मा ५८ तहमा जितेको छ भने मतगणना जारी रहेकोमध्ये १२ स्थानीय तहमा अग्रता लिइरहेको छ । ५ नं. प्रदेशमा ४० जित, ३ अग्रता र ७ मा ३६ जित २ ठाउँमा एमाले अगाडि देखिएको छ । त्यस्तै कांग्रेस प्रदेश १ मा ४७ जित, ३ अग्रता, ५ मा ३२ जित १ अगाडि र ७ मा ३७ जित १ मा अगाडी देखिएको छ । प्रदेश नं. ५ मा १९ स्थानीय तहको प्रमुखमा विजयी मा‌‌ओवादी केन्द्रले प्रदेश १ मा ८ र ७ नम्बर प्रदेशमा ९ स्थानको परिणाम ओफ्नो पक्षमा पारेको छ । उसले दुई तहमा अग्रता लिइरहेको छ ।

अहिलेसम्म सार्वजनिक परिणाममा अधिकांश गाउँपालिका र नगरपालिकाका परेका छन् । अब विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिकालगायत २९ स्थानीय तहको मत परिणाम घोषणा हुन बाँकी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com