पहिरोले स्याङ्जाको तमादी गाउँ नै खतरामा, तीन परिवार विस्थापित


प्रकाशित मिति : असार २१, २०७४ बुधबार

असार २१, २०७४- केही दिन देखिको निरन्तर वर्षापछिको पहिरोले यहाँको वालिङ नगरपालिका १४ स्थित तमादी गाउँका केही घरपरिवार विस्थापित भएका छन् । यसअघि पहिरोको दृष्टिकोणबाट सुरक्षित मानिने यो गाउँ तीन, चार दिनदेखि पहिरो खस्नेक्रम बढेसँगै बस्ती नै विस्थापित हुन पुगेको छ । यहाँका करिब १७ घरपरिवारमध्ये तीन घरपरिवार अन्यत्रै स्थानमा सरिसकेका छन् भने अन्य परिवार जोखिमका बीच बसोबास गरिरहेको विस्थापितमध्येका स्थानीय भीम लुइँटेलले बताए । बिनामाटो परीक्षण र बिनाइन्जिनियर राजनीतिक पहुँचको आधारमा मोटरबाटो खनेका कारण पहिरोको जोखिम बढेको उनले बताएका छन् । ‘बस्तीको बीचमा मोटरबाटो खनेपछि छेउछाउका घर जोखिमयुक्त बन्न पुगे र अहिले पानी परेपछि पहिरो खस्यो’, उनले भने ‘झनझन् पहिरो बढ्दै गएपछि आँगन र घरको पिँढी नै बग्यो । घर धरापमा परे । प्रहरी आएर यहाँ बस्न दिएनन् । लत्ताकपडा लिएर गोठतर्फ सरेका छौ ।’

‘बिनाइन्जिनियर हामीले बाटो खन्न मानेका थिएनौं’विस्थापितमध्येकी मनरुपाले भनिन्, ‘ठूलाबडाहरुले आफ्नो पहुँचमा जथाभावी बाटो खनिदिए । हाम्रो घर छेउमा अन्यत्र भन्दा दोब्बर चाक्लो बनाए । डोजरले धेरै ठाउँ काटिदियो । अहिले बसाइँ नै सर्नुपर्ने स्थिति आयो ।’उनले बारम्बार पहिरोका ढिस्का खसिरहँदा गाउँ नै सललल तल खसिरहेको बताइन् । भूकम्पले हल्लाएको र डोजरले झुण्डाइदिएको घर छाडेर अब कहाँ बसाइँ सर्ने भन्ने चिन्ता उनले सुनाइन् ।

भीम लुइँटेलका अनुसार घरघडेरी समेत बगाएको हुँदाँ कहींकतैबाट राहत मिले पनि घर बनाउने समेत ठाउँ रहेन । ‘ठूला र चाक्ला घडेरी समेत पहिरोले बगायो’ उनले भने, ‘यो मध्य बर्खा अब कहाँ जाने । तत्काल घर बनाउने क्षमता पनि कसैको छैन । आफ्ना घडेरी सबै पहिरोले बगाए घर पनि कहाँ बनाउने भन्ने तनाव बढ्यो ।’उनले प्राकृतिक प्रकोपभन्दा पनि कृत्रिम प्रकोपको त्रास बढेको बताए । वालिङ नगर प्रमुख दिलीपप्रताप खाँडले तमादीमा रहेको सबै घर पहिरोको उच्च जोखिममा रहेकाले साउन महिना नलाग्दै अन्यत्र बसाइँ सर्नुपर्ने बताए । ‘यहाँको माटो रातो र चिप्लो छ’ उनले भने, ‘बिनायोजना चेकजाँच नगरी बाटो खनेका छन् । स्टीमेट नबनाई दबाबमा लापरबाही सडक खन्दा निर्दोष सोझा जनता जोखिममा परे । यो गाउँ नै विस्थापित हुन्छ । अब पनि बेलैमा सचेत नहुने हो भने मानवीय क्षति नहोला भन्न पनि सकिँदैन ।’ घरहरु पहिरोले बगाए पनि मानवीय क्षति नभएकाले अन्यत्रै बसाइँ सर्न अनुरोध गरिएको उनले बताए । मनसुन सुरु भएयता दिनहुँ जसो पर्ने पानीका कारण बाटो हिँड्न समेत पैदलयात्रुलाई खतरा रहेको उनको भनाइ छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

विस्थापित परिवारलाई जिल्ला रेडक्रसले ८ वटा त्रिपाल र वालिङ नगरपालिकाले एक बोरा चामल राहत उपलब्ध गराएको स्थानीयले बताएका छन् । मनरुपा लुइँटेल, कुश्माखर लुइँटेल र डोलराज लुइँटेलका घर विस्थापित भएका हुन् ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com