मधेसी बहुल क्षेत्रमा एमाले


प्रकाशित मिति : असार २१, २०७४ बुधबार

असार २१, २०७४- मधेसी बहुल जानकी गाउँपालिकामा एमाले विजयी भएको छ । प्रारम्भदेखि नै पछि परेको एमालेले अन्तिममा आफ्नो पक्षमा परिणाम निकालेको छ ।

एक नम्बर वडाबाट सुरु भएको मतगणनामा संघीय समाजवादी फोरम र राप्रपाले अग्रता लिएका थिए । उक्त वडामा फोरमले नै अध्यक्षसहितको प्यानल जितेको छ । वडा नम्बर २ मा वडा अध्यक्षसहित माओवादी केन्द्रले जित्यो । अध्यक्ष र उपाध्यक्षमा फोरम, माओवादी र कांग्रेस प्रतिस्पर्धामा थिए । वडा नम्बर ३ को वडा अध्यक्षमा कांग्रेस र सदस्यमा फोरमले विजय हात पारे । ३ वटा वडाको मतगणना सम्पन्न हुँदासम्म एमाले चौथो स्थानमा थियो । मत परिणाम आफ्नो पक्षमा आएपछि कांग्रेस र फोरमका नेताहरूले विजयी हुने दाबी गरेका थिए ।

वडा नम्बर ४ को मतगणनासँगै एमालेले अग्रता सुरु गरेपछि मुख्य प्रतिस्पर्धी कांग्रेस बन्यो । माओवादी र फोरम तेस्रो चौथोमा झरे । वडा नम्बर ५ को मत गणनापछि कांग्रेसका उम्मेदवार छब्बन खानले १ सय मतले अग्रता लिए ।

उक्त वडा कांग्रेसको पकड क्षेत्र मानिन्छ । वडा नम्बर ६ मा मतगणनाको मध्यान्तरसम्म पनि कांग्रेसका उम्मेदवार खानले नै अग्रता कायम राखे । तर, अन्तिम समयमा आइपुग्दा एमालेका उम्मेदवार रामनिवास यादवले ७८ मतले पराजित गरे । वडा नम्बर ६ यादवको गाउँ हो । ‘अन्तिम समयसम्म कांग्रेसले अग्रता लिइरहँदा हारिन्छ कि भन्ने निकै डर लागिरह्यो । छाती ढुकढुक भयो,’ एमालेका समर्थक विषराम यादव भन्छन्, ‘धन्न चुनाव परिणाम आफ्नो पक्षमा आयो ।’

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

थोरै मतले कांग्रेसका उम्मेदवार खान पराजित भएपछि कार्यकर्ता निराश देखिन्थे । यसअघि अग्रता कायम गर्दा उनीहरू विजयी जुलुसको तयारीमा थिए । ‘जित्छौं भन्ने विश्वास थियो । थोरै मतले पराजित भयौं,’ कांग्रेसका रसिद खान भन्छन् । ६ वडा रहेको यस गाउँपालिकामा ३ वटा वडा अध्यक्षसहितको प्यानल र अध्यक्ष, उपाध्यक्षमा एमाललेले जित हासिल गरेको हो । अध्यक्ष/उपाध्यक्षमा एमालेका रामनिवास यादव र भूमिसरा धितालले जितेका छन् ।

उक्त गाउँपालिकामा ८० प्रतिशत मधेसी मतदाता रहेका छन् । करिब ३० हजार जनसंख्या रहेको जानकीमा १८ हजार ७८ मतदाता छन् । मधेसी बहुल मतदाता रहेका कारण संघीय समाजवादी फोरम नेपालले जितको दाबी गरेको थियो । तर, अन्तिम अवस्थामा मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले भए । कांग्रेसका खानले ३ हजार ६ मत पाए भने एमालेका यादवले ३ हजार ८४ मत पाएर विजयी भए । उपाध्यक्षमा पनि मतान्तर उस्तै थियो । राप्तीपारिको मधेसी मुस्लिम बहुल नरैनापुर गाउँपालिकामा भने फोरमले कब्जा गरेको छ ।

लमही नगरपालिकाको प्रमुखमा
दाङ– लमही नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी भएका छन् । प्रमुखमा एमालेका कुलबहादुर केसी ५ हजार १ सय ५२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जोगराज चौधरीले ५ हजार ६९ मत प्राप्त गरेका छन् । उपप्रमुखमा कांग्रेसकी देवका बेल्बासे ५ हजार १५ मत ल्याएर विजयी भइन् । उनकी निटकतम प्रतिद्वन्द्वी एमालेकी मीनादेवी गुरुङले ४ हजार ८ सय ४३ मत प्राप्त गरेकी छन् ।

१० स्थानीय तह रहेको दाङमा हालसम्म नौ तहको मतगणना सम्पन्न भएको छ । त्यसमध्ये एमाले पाँच, कांग्रेस तीन तथा माओवादी केन्द्र एक तहमा विजयी भएका छन् । अब तुलसीपुर उपमहानगरपालिकाको मात्रै मतगणना बाँकी छ ।

रूपन्देहीको दक्षिणी क्षेत्र
भैरहवा– रूपन्देहीको दक्षिणी क्षेत्रका गाउँपालिकामा मिश्रित चुनावी परिणाम आएको छ । मर्चवारी र रोहिणी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । मायादेवी गाउँपालिकामा कांग्रेस, ओमसतिया गाउँपालिकामा माओवादी केन्द्र र समरीमाई गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी भएका छन् ।

मर्चवारी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरम नेपालका केशव कलवार ३ हजार ४ सय ५ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका ज्ञानप्रकाश मिश्रले २ हजार १ सय ६६ मत ल्याएका थिए । उपाध्यक्षमा संघीय समाजवादी फोरमकै सुनिता कलवार २ हजार ५४ मत ल्याई विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी श्रीकान्ति बरईले १ हजार ८ सय ३९ मत ल्याइन् ।

रोहिणी गाउँपालिकाको अध्यक्षमा विजयी संघीय समाजवादी फोरमका सनोज यादवले ३ हजार ७ सय ६० मत ल्याए । उनका प्रतिस्पर्धी राप्रपाका ताहिर अलीले ३ हजार ५ सय ४२ मत ल्याए । उपाध्यक्षमा राप्रपाकी श्रीकान्ति हरिजनले ३ हजार ४ सय ९६ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमकी रीना मिश्रले ३ हजार ४ सय ५० मत ल्याइन् । ओमसतिया गाउँपालिकाको अध्यक्षमा भने माओवादी केन्द्रका हीरा केवट (राहुल) २ हजार ४ सय ४२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका मञ्जित यादवले २ हजार ३ सय ११ मत ल्याएका थिए । उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सुन्दरमति हरिजनले २ हजार २ सय ६४ मत ल्याएर विजयी भइन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी अम्रिता उप्रेतीले २ हजार १ सय ७२ मत ल्याइन् ।

मायादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी भएको छ । अध्यक्षमा ध्रुवनारायण चौधरीले २ हजार ८ सय १६ मत र उपाध्यक्षमा तारादेवी यादवले २ हजार २ सय १३ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रामआधारे यादवले २ हजार २ सय ५२ र उपाध्यक्षमा फोरम लोकतान्त्रिककी राजकुमारी चौधरीले २ हजार १ सय ६९ मत ल्याएकी थिइन् । समरीमाई गाउँपालिकाको अध्यक्षमा फोरम लोकतान्त्रिकका जितेन्दैनाथ शुक्ल ३ हजार ६६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विनोदकुमार श्रीवास्तवले २ हजार १ सय ९६ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी कुमारी प्रियंका शाही सिंहले २ हजार ८ सय १६ मत ल्याएर विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी फोरम लोकतान्त्रिककी कमलावती अहिरले २ हजार १ सय ५० मत ल्याएकी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com