हवाई भाडा घट्यो


प्रकाशित मिति : असार २०, २०७४ मंगलबार

असार २०, २०७४

नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएसँगै निजी क्षेत्रका वायु सेवा संचालक कम्पनीहरुले आन्तरिक हवाई भाडा घटाएका छन् । आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि नेपाली विमान कम्पनीहरुको छाता संगठन वायु सेवा संचालक संघले हवाई भाडा समायोजन गरेको हो । नागरिक उड्यन प्राधिकरणको स्वीकृति लिएर भोलि मध्यरातिदेखि लागु हुने गरी हवाइ भाडादर घटाइएको नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिनुभयो । सबैभन्दा धेरै इन्धन शुल्क सुगम रुटअन्तर्गत धनगढीको घटेको छ । काठमाडौं–धनगढीको एकतर्फी भाडाअन्तर्गत इन्धन शुल्कमा १ सय ८१ रुपैयाँ घटेको छ ।

नयाँ भाडादरअनुसार सबैभन्दा लामो दुरीको काठमाडौं– धनगढीको भाडा १२ हजार १९ र कम दुरीको सिमराको भाडा ३ हजार ४५ रुपैयाँ कायम गरिएको छ । यस्तै काठमाडौ–विराटनगर ७ हजार १ सय ४, काठमाडौं–भद्रपुर ८ हजार ६ सय ७६, काठमाडौं–भैरहवाको ५ हजार ९ सय १३ र काठमाडौं–तुम्लिङटारको नयाँ भाडादर ५ हजार ६ सय २३ रुपैयाँ निर्धारण भएको छ ।

काठमाडौं–नेपालगञ्ज ८ हजार ३ सय ६५ रुपैयाँ कायम गर्दै संघले काठमाडौं–जनकपुरको भाडा ३ हजार ९ सय ४८ र भरतपुरमा ३ हजार ५ रुपैयाँ तोकेको छ । संघले माउन्टेन उडानको भाडा घटाएर ११ हजारबाट १० हजार ८ सय ६२ रुपैयाँ कायम गरेको छ । संघका प्रवक्ता आचार्यले निगमले हवाई इन्धनको मुल्य घटाएपनि नियमानुसार संघको कार्यसमिति बैठकले हवाई भाडादर स्थान अनुसार घटाएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com