छापामारदेखि गाउँपालिका प्रमुखसम्म


प्रकाशित मिति : असार २०, २०७४ मंगलबार

तीन मतअन्तरले विजयी

उनी २०५८ मा छापामारको रुपमा तत्कालीन नेकपा माओवादीमा संलग्न भएका थिए । उनी छापामार बनेको ४ वर्षमा माओवादीले हतियार बिसायो । छापामार बनेर जंगल पसेको १६ वर्षपछि निशान्त शर्मा यहाँको चिशंखुगढी गाउँपालिका प्रमुखमा निर्वाचित भएका छन् । चिशंखुगढी–१ काद ३२ वर्षीय शर्माको सानो छदाको नाम शम्भु बाँस्तोला हो ।

धेरैलै चिशंखुगढीमा माओवादी केन्द्रले जित्ने कुरामा शंका गरेका थिए । तर उनले निकटतम् प्रतिद्वन्द्धी एमालेका भीमबहादुर थापालाई ३ मत अन्तरले पराजित गर्दै त्यो शंका चिरे । प्रतिद्वन्द्धी थापाले १ हजार ९ सय ३ मत पाए । काँग्रेसका उम्मेद्वार टेकराज भट्टराईले १ हजार ८ सय ४ मै चित्त बुझाए ।

निर्वाचित भएपछि निशान्तले भने, ‘अब जिम्मेवारी काँधमा थपिएको छ । १६ वर्ष अघिदेखिका संकल्पहरु पूरा गर्ने चुनौति आएका छन् ।’ सुरुमा नेकपा मसालको अखिल क्रान्तिकारी विद्यार्थी संगठनबाट राजनीति गरेका शर्मा २०५८ बाट माओवादीका पूर्णकालीन सदस्य बने । उनले आफ्नो जीवन संगिनीलाई समेत २०६० सालमा जिल्लाकै मोलीमा प्रहरीसँगको भिडन्तमा गुमाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अखिल क्रान्तिकारीको दुईपटक जिल्ला अध्यक्ष भएका शर्मा माओवादी केन्द्रको पछिल्लो अधिवेशनबाट निर्वाचित जिल्ला उपाध्यक्ष हुन् ।

यस गाउँपालिकामा संगठनको हिसाबले एमाले र कांग्रेस माओवादी केन्द्र भन्दा बलिया थिए । तर व्यक्तिगत लोकप्रियता र निरन्तर जिल्लामै बसेर राजनीति गरेबापत मतदाताले शर्मालाई विजयी बनाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com