विश्वका १५ देशलाई पछि पार्दै एलिशाले जितिन अवार्ड


प्रकाशित मिति : असार २०, २०७४ मंगलबार

असार २०, २०७४-

एसियाली र युरोपेली मूलुकको क्षमतावान बालबालिकाको छनौट गर्ने अन्र्तराष्ट्रिय प्रतियोगीता ‘प्रिन्स एण्ड प्रिन्सेस् अफ द वल्र्ड २०१७’मा नेपालबाट सहभागी भएकी एलिशा बाडे श्रेष्ठले प्रिन्सेस अफ द वल्र्ड २०१७ ग्रान्ड प्राइज र ओरिजिनालिटी सुपर ग्रान्ड प्राइज २०१७ को अवार्ड जित्न सफल भएकी छिन् । सुन्दरता र प्रतिभाको मूल्यांकन छनौट गरिने उक्त प्रतियोगीतामा रातो बंगला स्कूलमा ‘ए’ लेवल अध्ययनरत १७ वर्षिया एलिशाले ट्यालेन्ट राउन्डमा ‘म प्यार बेचि दिन्छु’ र ‘गैह्री खेतको’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिईन् ।

गत असार ८ देखि १६ गतेसम्म बुल्गेरियाको सोफियामा संचालन भएको प्रिन्स एण्ड प्रिन्सेस् अफ वल्र्ड २०१७ प्रतियोगिताको प्रिन्सेसतर्फको प्रतिस्पर्धामा नेपाल लगायत विश्वका १५ मुलुकका ३५ जना बालिकाहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको सुपर ग्रान्ड प्रिक्स वल्र्ड प्रिन्सेस् २०१७ को शीर्षक उपाधि रसियाकी १६ वर्षिया मरिना आलिएवले जितेकी छिन् ।

प्रतियोगिता अन्तर्गत अविभावकहरु वीच पनि तीन चरणको रोमाञ्चक प्रतिस्पर्धा समावेश गरिएको थियो । जसमा नेपालका तर्फबाट एलिशाका पिता महेश चन्द्र बाडे श्रेष्ठ सहभागि थिए । उनले अविभावक तर्फको किङ अफ द वल्ड  २०१७ को शीर्ष उपाधि जित्न सफल भए । उनले ‘गुराास फुल्यो .. बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए भने नेपाली ढाका टोपी पहिरिएर बालबालिकाको जीवनमा अविभावकको महत्वबारे प्रभावकारी अभिव्यक्ति प्रस्तुत गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com