मुग्लिन–नारायणगढ सडकखण्डमा राति सवारी चलाउन नदिन विकास समितिको निर्देशन


प्रकाशित मिति : असार २०, २०७४ मंगलबार

असार २०, २०७४- संसदको विकास समितिले स्तरोन्नतीको क्रममा रहेको मुग्लिन–नारायणगढ सडक खण्डमा राति सवारी साधन पूर्णरुपमा बन्देज गर्न  निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

समिति सभापति रविन्द्र अधिकारीले मुग्लिन–नारायणगढ सडक खण्डको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको र राति यो जोखिम थप बढ्ने भएकाले सवारी बन्देज गर्न निर्देशन दिइएको बताए ।

समितिले केही दिन अघि यो सडक खण्डको अनुगमन गरेको थियाे ।

समितिले नागढुंगा क्षेत्रको सडकमा रहेको बिजुलीको पोलगायत अवरोध हटाउनसमेत निर्देशन दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com