२ सय ८० तहको मत परिणाम सार्वजनिक, एमाले-१२२, कांग्रेस १०७ र माओवादी ३५ मा विजयी


प्रकाशित मिति : असार २०, २०७४ मंगलबार

५४ तहको मत परिणाम सार्वजनिक हुन बाँकी

असार २०, २०७४- स्थानीय तह दोस्रो चरण निर्वाचनअन्तर्गत मंगलबार मध्यान्हसम्म २ सय ८० स्थानको नतिजा प्राप्त भएको छ । प्राप्त नतिजाअनुसार अग्रता कायम गरिरहेको नेकपा एमालेले १ सय २२ स्थानीय तहको प्रमुखमा जितेको छ । कांग्रेसले १ सय ७ र माओवादी केन्द्रले ३५ तहमा जितेका छन् । असार १४ गते बुधबार ३ सय ३४ स्थानीय तहमा निर्वाचन भएको थियो । अब ५४ तहको मत परिणाम सार्वजनिक हुन बाँकी छ ।

प्रदेश नं. १ र ५ मा एमाले अगाडि देखिएको छ भने ७ नम्बरमा कांग्रेसको अग्रता छ । एमाले उम्मेदवारले प्रदेश १ मा ५४ र ५ मा ३४ तहमा जितेका छन् । १ मा कांग्रेसको ४१ छ भने मा‌ओवादी केन्द्रले ८ तहमा जित्दा राप्रपा २ स्थानमा विजयी भएको छ । अन्य पार्टी ३ ठाउँमा विजयी बने ।

५ मा दोस्रो तहमा रहेको कांग्रेसले २९ स्थानमा जितेको छ भने माओवादी केन्द्र १९, राप्रपा १ र अन्य पार्टीहरुले १० स्थानमा जितेका छन् ।

७ नम्बर प्रदेशमा कांग्रेस ३७ स्थान जित्दै अगाडि देखिएको छ भने दोस्रोमा रहेको एमालेले ३४ तह र माओवादी केन्द्र ८ स्थान विजयी हुँदै तेस्रो स्थानमा रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com