हरिशयनी एकादशी , घर – घरमा तुलसी रोपिदैँ


प्रकाशित मिति : असार २०, २०७४ मंगलबार

असार २०, २०७४

असार शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । आजको दिन हिन्दू धर्मावलम्बीले  निराहार व्रत बसी घरघरमा तुलसी रोप्ने चलन छ ।  घरको आँगनमा तुलसीको मठ राखी दैनिक पूजा गर्नाले रोगबाट मुक्त हुने तथा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । आजैका दिनबाट चतुर्मास व्रत समेत सुरु हुन्छ । आजबाट ४ महिनासम्म अर्थात हरिबोधनी एकादशीका दिनसम्म भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने वैदिक विश्वास छ । चर्तुमाशभरि कुनै पनि मङ्गल कार्य जस्तै बिवाह, व्रतबन्ध आदिको लगन हुँदैन । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पश्चात् मात्र मङ्गल लगन तथा मुहुर्तहरु सुरु हुन्छन् ।

वैदिक सनातन हिन्दु धर्ममा एकादशीलाई भगवान बिष्णुको उपाशना गर्ने दिनका रुपमा लिइन्छ । भविष्योत्तर पुराणमा एकादशीको महिमा वर्णन गरिएको छ । आज ब्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन छ । हरिशयनी एकादशीका अवसरमा आज काठमाण्डौंको फर्पिङस्थित शेषनारायण मन्दिर, बूढानिलकण्ठस्थित बूढानिलकण्ठको मन्दिर लगायत मुलुकभरका विष्णु मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com