राष्ट्रिय मानवअधिकार आयोगले मानवाधिकार उल्लङ्घनका गम्भीर प्रकृतिका ३१४ मुद्दा कारबाहीका लागि सिफारिस गरेको छ ।
काठमाडौँमा आयोजित कार्यक्रममा यही असार दोस्रो सातासम्म देशभरबाट आयोगमा ३७९ मुद्दा उजुरी परेको जानकारी गराइएको छ । चालु आव (२०७३/०७४) तथा अघिल्लो वर्ष मौज्दात रहेका मुद्दासमेत गरी ४३९ वटा अनुसन्धान गरिएको आयोगले जनाएको छ ।
मानवअधिकारसम्बन्धी प्राज्ञिक उन्नयनका लागि तालिम प्रतिष्ठान स्थापनाका गर्नका लागि जग्गा उपलब्ध गराउन सरकारलाई पत्राचार भइरहेको छ । आयोगबाट स्थानीय तह निर्वाचन अनुगमन, तराई मधेस आन्दोलन अनुगमन र भूकम्प प्रभावितको अवस्था अनुगमन गरिएको छ ।
चालु आवमा विनियोजित रु दुई करोड ६० लाखका विभिन्न कार्यक्रममार्फत ९० प्रतिशत खर्च भएको छ । आगामी आव (२०७४/०७५)मा रु पाँच करोड सात लाख सरकारबाट स्वीकृत भएको जनाइएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा मानवाधिकारको अवस्था अनुगमन तथा संरक्षण गरी नागरिक अधिकारका क्षेत्रमा सहयोग गर्ने र सामाजिक न्याय स्थापनाका लागि आयोगले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।