हाइटेन्सनमुनि जग्गा खाली गर्न निर्देशन


प्रकाशित मिति : असार २०, २०७४ मंगलबार

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपत्यकाका नगरपालिकालाई ठूलो ‘हाइटेन्सन लाइनमुनि’ का केन्द्रबाट दायाँबायाँ २५÷२५ फिट जग्गा खाली गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले आज उपत्यकाका नगरपालिकालाई पत्राचार गरी यस्तो निर्देशन दिएको प्रवक्ता रुद्रसिंह तामाङले राससलाई जानकारी दिनुभयो ।

“हाइटेन्सन लाइनमुनि’का केन्द्रबाट दायाँबायाँ २५÷२५ फिट जग्गामा कुनैपनि भौतिक संरचना निर्माण स्वीकृति दिँदा पालना गर्नुपर्ने मापदण्ड बमोजिम गर्न र त्यस्तो मापदण्डको पालना नगरी कुनै संरचना बनेको भए अनुगमन गरी भत्काउन उपत्यकाका सबै नगरपालिकालाई निर्देशन दिइएको छ”–उहाँले भन्नुभयो ।

‘हाइटेन्सन लाइन’ मुनिका केन्द्रबाट दायाँबायाँ २५ फिटमा बनेका संरचना भत्काउन स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले असार ४ गते सचिवस्तरीय निर्णय गर्नुभएको थियो । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com