खोटाङमा पाँच एमाले, चार काँग्रेस र एक स्थानीय तहमा माओवादी केन्द्र विजयी


प्रकाशित मिति : असार १९, २०७४ सोमबार

खोटाङ, १९ असार । जिल्लाको दश स्थानीय तहमध्ये नेकपा (एमाले)ले पाँच, नेपाली काँगेस चार र नेकपा (माओवादी केन्द्र)ले एक तहमा विजयी भएका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको यो जिल्लामा एमालेले एक नगरपालिका र चार गाउँपालिका, काँग्रेसले एक नगरपालिका र तीन गाउँपालिका तथा माओवादी केन्द्रले एउटा गाउँपालिकामा विजयी भएका हुन् ।

जिल्लाको सबैभन्दा ठूलो तथा सदरमुकाम रहेको रुपाकोट मझुवागढी नगरपालिकामा एमालेले प्रमुख÷उपप्रमुखसहित पाँच वडामा जितेको छ । १५ वडा रहेको उक्त नगरपालिकामा तीन काँग्रेस, तीन माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम र माओवादी केन्द्रले एक एक वडामा विजयी भएका छन् ।

त्यस्तै हलेसी तुवाचुङ नगरपालिकामा काँग्रेसले प्रमुख÷उपप्रमुखसहित आठ वडामा विजयी भएका छन् । एघार वडा रहेको उक्त नगरपालिकामा दुई एमाले र एक वडामा माओवादी केन्द्र विजयी भएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्षसहित दुई वडामा काँग्रेसले विजयी भएका छन् भने उपप्रमुखसहित एमालेले तीन र माओवादी केन्द्रले दुई वडामा विजयी भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिनुभयो ।

यसैगरी केपिलासगढी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित चार वडामा एमालेले विजयी भएका छन् भने सात वडा रहेको उक्त गाउँपालिकामा काँग्रेसले दुई र माओवादी केन्द्रले एक वडामा विजयी भएका छन् ।

लामीडाँडा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित एमालेले दुई वडामा विजयी भएका छन् भन् छ वडा रहेको उक्त गाउँपालिकामा काँग्रेसले तीन, एमालेले दुई र माओवादी केन्द्रले एक वडामा वडाध्यक्ष जितेको छ ।

बराहपोखरी गाउँपालिकाको अध्यक्षसहित काँग्रेसले दुई वडाअध्यक्ष जितेको छ । छ वडा रहेको उक्त गाउँपालिकामा एमालेले उपाध्यक्षसहित तीन र माओवादी केन्द्रले एक वडामा विजयी भएका छन् ।

त्यस्तै जन्तेढुङ्गा गाउँपालिकका अध्यक्ष एवम् उपाध्यक्षसहित चार वडामा नेकपा (एमाले) विजयी भएका छन् । छ वडा रहेको उक्त गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्रले एक÷एक वडाअध्यक्ष जितेको छ ।

निर्वाचन कार्यालयका अनुसार दिप्रुङ गाउँपालिकामा काँग्रेसले अध्यक्ष÷उपाध्यक्षसहित चार वडामा विजयी भएका छन् । सात वडा रहेको उक्त गाउँपालिकामा एमालेले तीन वडामा विजयी भएका छन् ।

यसैगरी खोटेहाङ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षसहित छ वडामा एमालेले विजयी भएका छन् । नौ वडा रहेको उक्त गाउँपालिकामा दुई माओवादी केन्द्र र एक वडामा काँग्रेस विजयी भएको छ ।

साकेला गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्षसहित एउटा वडामा विजयी भएका छन् । पाँच वडा रहेको उक्त गाउँपालिकामा काँग्रेसले उपाध्यक्षसहित दुई वडा तथा एमालेले दुई वडामा विजयी भएका छन् । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com