उपमहानगरपालिकामा एमालेले खाता खोल्यो, घोराहीको मेयरमा एमालेका नरुलाल निर्वाचित


प्रकाशित मिति : असार १९, २०७४ सोमबार

असार १९, २०७४- घोराही उपमहानगरपालिकामा विजयी हुँदै एमालेले ठूला नगरमा पनि खाता खोलेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नतिजा सार्वजनिक भएको घोराही पहिलो हो । दाङको सदरमुकाम रहेको घोराही उपमहानगरमा एमालेका नरुलाल चौधरी निर्वाचित भएका छन् ।

कांग्रेसका भूपबहादुर डाँगीलाई झण्डै ५ हजार मतले हराउँदै नरुलाल मेयर निर्वाचित भएका छन् । उपमेयरमा पनि एमालेकै सीता न्यौपाने निर्वाचित भइन् । उनले कांग्रेसकै पुष्पा श्रेष्ठलाई पराजित गरेकी छन् ।

अन्तिम परिणामको औपचारिक घोषणा भने हुन बाँकी छ ।

२०२४ सालमा साविकको रामपुर गाविसमा जन्मिएका चौधरीले अनेरास्ववियुबाट एमालेको राजनीति सुरु गरेका हुन् । १२ वर्षको उमेरदेखि नै एमालेको राजनीतिमा होमिएका चौधरी बीचमा रेडियो नेपालको जागिरे थिए । २०५४ सालमा एमाले जिल्ला कमिटी सदस्य निर्वाचित भएपछि उनले रेडियो नेपाल छाडेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चौधरी २०५४ सालमै रामपुर गाविसको अध्यक्ष भएका थिए ।

एमाले निकट अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिवसमेत रहेका चौधरी ०६९ सालमा एमाले दाङको अध्यक्ष भएका थिए ।

जारी मतगणनामा मोरङको विराटनगर महानगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा कांग्रेस अगाडि छ । दाङकै तुलसीपुरसहित सुनसरीको धरान र इटहरी, रुपन्देहीको बुटवल उपमहानगरपालिकामा एमाले अगाडि छ भने नेपालगन्ज उपमहानगरमा राप्रपाले अग्रता लिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com