भद्रपुर नगरपालिकाको ४ मा माओवादी र ५ मा काँग्रेस विजयी


प्रकाशित मिति : असार १९, २०७४ सोमबार

भद्रपुर, १९ असार । स्थानीय तहको दोस्रो चरणको सम्पन्न निर्वाचनमा भद्रपुर नगरपालिकाबाट वडा नं ४ मा नेकपा (माओवादी केन्द्र)का वडा अध्यक्ष हंशधर राजवंशीसहित एक महिला सदस्य सविता पुरीले ८४७ मत ल्याएर विजय हासिल गर्नु्भएको छ ।

राजवंशीले ९०९ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) कहरसिंह राजवंशीले ६८९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, सोही वडामा दलिततर्फ वडा सदस्यमा एमालेका कल्पना दर्नालले ८५९, सन्ध्या हराले ८१३ मत ल्याएर विजयी हुनुभएको छ ।

एक सदस्य पदमा एमालेका गङ्गा बराल र माओवादी केन्द्रका दिलीप लिम्बूले ८११÷८११ मत ल्याएर बराबरी भएपछि गोला प्रथाबाट दिलीप लिम्बूले जित हासिल गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साथै, भद्रपुर नगरपालिकाकै वडा नं ५ मा नेपाली काँग्रेसका बन्धु कार्कीसहित समूह विजयी भएर खाता खोलेका छन् । कार्कीले एक हजार ३५ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका देवु घिमिरेले ४६२ मत प्राप्त गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com