वैदेशिक रोजगारीबाट फर्किएका उद्यमी पुरस्कृत


प्रकाशित मिति : असार १८, २०७४ आईतबार

:jb]zdf pBdL ag]sf ;Ddflgt >d tyf /f]huf/ dGqfnoåf/f cfOtaf/ sf7df8f}Fdf cfof]lht sfo{qmddf j}b]lzs /f]huf/Laf6 kmls{P/ :jb]zdf pBdL ag]sf ;Ddflgtx?sf ;fydf >d tyf /f]huf/ dGqL km/d’Nnfx d+;’/ . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँ, १८ असार । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यमी बनेकाहरुलाई आज श्रम तथा रोजगार मन्त्रालयले पुरस्कृत गरेको छ ।

वैदेशिक रोजगारीमा सिकेको सीप र आर्जन गरेको पैसाबाट स्वदेशमा फर्किएर उद्यमी बनेकालाई श्रम तथा रोजगार मन्त्रालयले एक जनालाई रु एक लाखको उत्कृष्ट उद्यमी पुरस्कार र सात जनालाई रु ५० हजारका दरले उद्यमी पुरस्कार प्रदान गर्ने घोषणा गर्दै गत माघमा आवेदन माग गरेको थियो ।

आवेदन दिएकामध्ये उत्कृष्ट भएकाहरुलाई आज यहाँ आयोजित कार्यक्रममा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा रुपन्देही तिलोत्तमा नगरपालिकामा रहेको मनकामना कार्डबोर्ड इन्डस्ट्रिजका सञ्चालक सूर्यप्रसाद न्यौपानेलाई रु एक लाख राशिको उत्कृष्ट उद्यमी पुरस्कार प्रदान गरीयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले तीन वर्ष कोरिया बसी स्वदेश फर्किएपछि पाँच वर्षअघि सञ्चालन गरेको कागज, गाता तथा यस्तै वस्तुबाट प्याकिङ सामग्री ( कार्टुन बक्स) उत्पादन गर्ने सो उद्योगमा ४७ जनालाई रोजगारी दिइरहनुभएको छ ।

रु ५० हजार राशिको उद्यमी पुरस्कार पाउनेहरुमा हिमाली हिल एग्रिकल्चर फार्म प्रालि चैनपुर, सङ्खुवासभाका सञ्चालक सञ्जय शेर्पाले सफल अलैँची, चिराइतो, बोधिचित्तको खेती गर्नुभएको, दोलखा जिरीका सर्वाखास कृषि फार्मका सञ्चालक पासाङ तेन्जी शेपाले किबी र सतुवाको बिरुवा व्यावसायिक उत्पादन गर्नुभएको, तयारी पोसाक उद्योग, कृषि, पशुपालन व्यवसायमा संलग्न देवचुली, नवलपरासीका शालिकराम पुरीले सिग्मा एन्ड सिजन तयारी पोसाक उद्योगका सञ्चालन गर्नुभएको छ ।

यसैगरी जडीबुटी खेती, केरा खेतीलगायतका व्यवसायमा संलग्न गुलरिया बर्दियाका आधुनिक कृषि तथा जडीबुटी व्यावसायिक फर्मका सञ्चालक टोपलाल विक, पशुजन्य व्यवसाय सञ्चालन गर्नुभएका नेपालगन्जका फ्रेस हाइजेनिक फुडका सञ्चालक दीपेन्द्रकुमार जोशी, विद्युत् वायरिङसम्बन्धी प्लास्टिकका सामान उत्पादनमा संलग्न बुटवल, रुपन्देहीको मनकामना हाइड्रो इलेक्ट्रिक प्रोडक्टका सञ्चालक हिरामणि भट्टराई र सीपमूलक तालिम प्रदान गर्ने तथा कृषि उत्पादनमा सक्रिय कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र प्रालि, बाराका सञ्चालक सरोज कोइरालालाले पनि जनही रु ५० हजार राशिको उद्यमी पुरस्कार पाउनुभएको छ ।
सो अवसरमा मन्त्री मन्सुरले एक पटक विदेश गएर स्वदेश फर्किएपछि पुनः विदेशमै रोजगारीका लागि जाने परिपाटी अन्त्य गर्दै स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश पुरस्कृत व्यक्तित्वहरुबाट अरुले ग्रहण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

विदेशमा रहँदा सिकेको ज्ञान, सीप, अनुभव र पुँजीलाई सदुपयोग गर्न राज्यले विशेष प्रोत्साहन गर्नु जरुरी देखिएकाले सरकारले पुरस्कारका लागि आह्वान गरेको उहाँको भनाइ छ ।

उहाँले वैदेशिक रोजगारीका लागि जाने युवालाई सुरक्षित, मर्यादित र अधिकतम लाभदायी ढङ्गले जान सक्ने वातावरण तयार पार्न मन्त्रालय लागिरहेको बताउनुभयो ।

मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले वैदेशिक रोजगारबाट भित्रिने विप्रेषणलाई अनुत्पादक क्षेत्रमा होइन उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले मन्त्रालयले यो कार्यक्रम सुरु गरेको र आगामी वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

पुरस्कृत व्यक्तित्वहरुले आफूहरुलाई थप काम गर्ने हौसला प्रदान गरेको भन्दै विदेशमा रहेका नेपालीलाई स्वदेशमा फर्किएर स्वरोजगार बन्न आग्रह गरे ।

आवेदन परेकामध्येबाट उत्कृष्टलाई छान्न श्रम तथा रोजगार मन्त्रालयका सहसचिवकोे संयोजकत्वमा वैदेशिक रोजगार विभागका महानिर्देशक, घरेलु तथा साना उद्योग विभागका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, मन्त्रालयका कानुन उपसचिव रहेको सिफारिस समिति गठन गरिएको थियो ।

राष्ट्रिय रोजगार नीति, २०७१ मा उत्कृष्ट उद्यमीलाई रोजगारी सिर्जनाका आधारमा राज्यबाट पुरस्कृत गर्ने व्यवस्था बमोजिम अहिले मन्त्रालयले पहिलो पटक पुरस्कृत गरेको हो ।

विदेश जाने सोच बनाएकालाई यहीँ केही गर्न सकिने र विदेशबाट फर्किएर आएकालाई स्वदेशमै अब केही गरौँ भन्ने यस पुस्कारले दोहोरो सन्देश दिने मन्त्रालयको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com