Follow @khasokhasmag

अब ‘रोड टेस्ट’पछि मात्रै लाइसेन्स, काठमाडौंको धूलो कम गर्न नाकामा वासिङ सेन्टर


प्रकाशित मिति : असार १८, २०७४ आईतबार

असार १८, २०७४- सवारी लाइसेन्स लिंदा रोड टेस्ट अनिवार्य गरिने भएको छ ।

ट्राफिक प्रहरी महाशाखाले आइतबार पत्रकार सम्मेलन गर्दै ‘रोड टेस्ट’पछि मात्रै लाइसेन्सका लागि यातायात व्यवस्था कार्यालयलाई सिफारिस गर्ने जनाएको छ ।

महाशाखा प्रमुख डीआईजी मिङ्मार लामाका अनुसार रोड टेस्टका लागि आवेदकले एक घण्टा रोडमा सवारी कुदाउनुपर्नेछ ।  यसअघि ट्रायल पास भएपछि लाइसेन्स दिइन्थ्यो ।

काठमाडौंमा बढ्दो धूलो कम गर्न उपत्यकाका चारवटै नाकामा वासिङ सेन्टर राखिने डीआईजी लामाले जानकारी दिए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com