३ सय ३४ मध्ये १ सय ६२ स्थानीय तहको मतपरिणाम सार्वजनिक


प्रकाशित मिति : असार १८, २०७४ आईतबार

असार १८, २०७४

असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १ , ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये १ सय ६२ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । पछिल्लो नतिजा अनुसार एमाले अग्र स्थानमा छ । एमालेले प्रदेश नम्बर १ का ३६, ५ का १९ र ९ का २२ गरी ७७ वटा स्थानीय तहमा जीत दर्ता गरेको छ । त्यस्तै दोश्रो स्थानमा रहेको कंग्रेसले प्रदेश नम्बर १ का १७, ५ का १४ र ७ का ३० गरी जम्मा ६१ वटा स्थानीय तहमा जीत हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले प्रदेश नम्बर १ का ७, ५ का ११ र ७ का ३ वटा गरी २१ वटा स्थानीय तहमा जीत दर्ता गरेको छ ।

मतगणना भइरहेका प्रदेश नम्बर १ का ३६, ५ का २० र ७ का ९ वटा स्थानीय तहमा एमालेले अग्रता लिएको छ । त्यस्तै कंग्रेसले प्रदेश नम्बर १ का ३२, ५ का २२ र ७ का ९ वटा स्थानीय तहमा अग्रता बनाएको छ । माओवादी केन्द्रले भने प्रदेश नम्बर १ का ४, ५ का ७ र ७ का ११ वटा गरी २२ वटा स्थानीय तहमा अग्रता लिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले खाता खोल्न सकेको छैन , उसले प्रदेश नम्बर १ को २ र ५ का २ गरी ४ वटा स्थानीय तहमा अग्रता बनाएको छ । राष्ट्रिय जनमोर्चाले प्रदेश नम्बर ५ का दुई र संघीय समाजवादी फोरमले प्रदेश नम्बर ५ को एउटा स्थानीय तहमा जीत हासिल गरेको छ ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com