ओखलढुङ्गामा ५.१ रिक्टरको ‘गोर्खा भूकम्प’को परकम्प


प्रकाशित मिति : असार १८, २०७४ आईतबार

ओखलढुङ्गामा आज बिहान ७ः४३ मिनेट जाँदा ५.१ रिक्टरको ‘गोर्खा भूकम्प’को परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

ओखलढुङ्गाको बरुँरेश्वर आसपास केन्द्रमा रहेर परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । गत २०७२ साल वैशाख १२ पछाडि गोर्खा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४७३ वटा परकम्प गएको केन्द्रले जनाएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com