Follow @khasokhasmag

फिल्म निर्देशक निलु डोमा शेर्पाको मृत्यु


प्रकाशित मिति : असार १७, २०७४ शनिबार

फिल्म निर्देशक निलु डोमा शेर्पाको मृत्यु भएको छ। राति २ बजे बालुवाटारस्थित निवासमा रहेकी उनले अप्ठ्यारो भएको बताएको र विहान बिहान ८स्३० बजे साथीभाइ भेला भएर उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याएपछि चिकित्सकले उनलाई त्यही मृत घोषणा गरेको नागरिकन्यूजले जनाएको छ ।

लामो समयदेखि मृगौला रोगबाट ग्रसित ३३ वर्षे निर्देशक शेर्पा आमासँग बालुवाटारस्थित निवासमा बस्दै आएकी थिइन्। उनको पार्थिक शरीर पोस्टमार्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्‍याइएको थियो।

अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म ‘हाउ फन्नी’को निर्देशन गरेकी निलुले शुक्रबार अभिनेत्री निशा अधिकारीको वैवाहिक समारोहमा सहभागी भएकी थिइन्। निलु र प्रियंकाबीच सुमधुर सम्बन्ध रहँदै आएको थियो।

‘बिहान करिव २ बजे अचानक बिमारी भएपछि उनको घरमा रहेकी बहिनीले साथीहरुलाई खबर गरेकी थिइन्। अचानक बिमारी भएर बिहान साढे आठ अस्पताल पुर्‍याएपछि डाक्टरले हृदयघातबाट मृत्यु भएको बताएका थिए,’उनका निकट रहेका लेखक शान बस्न्यातले भने,‘नयाँ फिल्मको स्क्रिप्टमा काम गरिरहेका थियौं । हिजो अभिनेत्री निशा अधिकारीको विवाह समारोहमा सँगै थियौं।’

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com