गुल्मीको धुर्कोटमा माओवादीका भुपाल पोख्रेल विजयी


प्रकाशित मिति : असार १७, २०७४ शनिबार

गुल्मीको धुर्कोट गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । कांग्रेससँग तालमेल गरेर चुनाव लडेका माओवादीका भुपाल पोख्रेल अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित पोख्रेल माओवादी निकट अखिल क्रान्तिकारी गुल्मीको पूर्वजिल्ला अध्यक्षसमेत हुन् ।

नेकपा एमालेको दुई तिहाई मत भएको दावि गरिदै आएको धुर्कोटमा एमालेका कृष्ण घिमिरेलाई ३६५ मतको अन्तरले पछाडी पार्दै कांग्रेस माओवादी केन्द्रका संयुक्त उमेदवार भुपाल पोखरेल विजयी भएका हुन् । पोखरेलले ५११६ मत ल्याएर विजयी भएका छन । उनका प्रतिद्धन्द्धी एमालेका घिमिरेले ४७५३ मत ल्याएर पराजित भएका हुन् । त्यस्तै उपप्रमुखमा पनि शिव केसीले ७० मतको अन्तरले विजयी हाँसिल गरेका छन् ।

केसीले ४८१६ मत ल्याएर विजयी भएका हुन भने एमालेकी रिता थापा ४८४२ मत ल्याएर पराजित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अघिल्लो चुनाव सम्म कांग्रेस एमाले वा अरु सवै दल एकातिर मिले पनि दुई तिहाई मतले अगाडी हुने एमाले उमेदवार घिमिरेलाई यसपाली भने अपेक्षाकृत मत आउन नसकेको र पोखरेलको गठबन्धनलाई सवै भन्दा बढि मत वस्तुले राखे पछि यति धेरै मतान्तरका साथ पोखरेलको प्यानलले विजयी हाँसिल गरेको बताईएकोछ ।

त्यस्तै संयुक्त उपप्रमुख कांग्रेसका शिव केसी विजयी भएका छन् । गठबन्धनले ७ वटा वडा मध्ये ४ वटा वडा अध्यक्ष सहितको प्यान पनि विजयी गराउन सफल भएको छ । नेकपा एमालेले ३ वटा वडामा मात्रै विजयी हाँसिल गरेको छ । वडा नम्वर १ साविकको नयाँगाउँमा गठवन्धनका कमल थापा अध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्वर ३ पिपलधारामा नविन जिसी, वडा नम्वर ४ जैसीथोकमा मानबहादुर कुँवर र वडा नम्वर ५ वस्तुमा ढुण्डीराज भण्डारी वडाध्यक्षमा विजयी भएका हुन् । त्यस्तै नेकपा एमालेका उमेदवार विष्णु श्रीसले वडा नम्वर ३ हाहाडेमा अध्यक्ष पदमा विजयी हाँसिल गरेकाछन् ।

वडा नम्वर ६ धुर्कोट रजस्थलमा कृष्ण नेपाली र वडा नम्वर ७ वाग्लामा हिमप्रसाद पन्थी एमालेको तर्फबाट वडाध्यक्ष सहितको प्यानल विजयी भएको छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com