रुपन्देहीमा एमालेको अग्रता, १६ मध्ये ९ मा एमाले अगाडि


प्रकाशित मिति : असार १७, २०७४ शनिबार

असार १७, २०७४- रुपन्देहीका स्थानीय तहमा एमालेको अग्रता बढेको छ ।

१६ स्थानीय तहमध्ये ९ वटामा एमाले अगाडि छ । स्वतन्त्र ३, काग्रेस २, र संघीय समाजवादी फोरम २ स्थानमा अगाडि छ । मतगणना भइरहेका नगरपालिकामा एमाले र काग्रसकै बीचमा प्रतिश्पर्धा भएको छ । दक्षिणी क्षेत्रमा भने मधेशवादी दलहरु प्रतिस्पर्धामा छन् ।  मधेशवादी दलमा स्वतन्त्र उम्मेदवारी दिएका राष्ट्रिय जनता पाटीका उम्मेदवार र संघीय समाजवादी फोरमबीच धेरै प्रतिश्पर्धा छ ।

बुटवल उपमहानगरपालिका सहित सैनामैना, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकामा एमालेको अग्रता छ । बुटवल उपमहानगरपालिकामा १६ हजार मत गन्दा मेयरमा एमाले र काग्रेस बीचको अन्तर १ सय १५० छ । उपमेयरमा भने गाउँपालिकामा ओमसतिया, कञ्‍चन, र सियारीमा एमाले अगाडि छ ।

देवदह नगरपालिका, सम्मरीमाई र शुद्धोदनमा कांग्रेसको अग्रता छ । लुम्बिनी सास्कृतिक नगरपालिका,मायादेवी र कोटहीमाई गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएको राजपाले अग्रता लिएको छ । यस्तै मायादेवी, गैडहवा र रोहिणी गाउँपालिकामा संघीय समाजवादी फोरम अगाडि छ । यहाँ संघीय समाजवादी फोरम र नयाँशक्तिले तालमेल गरेर चुनावमा गएका थिए ।

अहिलेसम्म जिल्लाका २५ वटा विभिन्न नगरपालिका र गाउँपालिकाका वडाहरुको नतिजा आएको छ । यसमा एमाले १६, काग्रेस ५, नयाशक्ति र संघीय समाजवादी फोरमको गठवन्दन २ र राप्रपाले २ वडामा जीत हासिल गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com