पहिरोमा पुरिएकाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान रिफर


प्रकाशित मिति : असार १७, २०७४ शनिबार

असार १७, २०७४- तेह्रथुमको म्याङलुङ नगरपालिका ५ आमदेनमा शुक्रबार राति पहिरोले घर बगाउँदा पुरिएर घाइते भएका तीनजनाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको छ । घाइतेको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि धरान पठाइएको अस्पतालले जनाएको छ । पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु भएको थियो ।

घर माथिबाट खसेको पहीरोले घर बगाउँदा ५० वर्षीया कुमारी लिम्बू, उनकी ९ वर्षीया नातिनी प्रिती र ७ वर्षीय नाती प्रेम लिम्बूको मृत्यु भएको हो । पहिरोमा परी कुमारीका भाइहरु ४० वर्षीय सोमकुमार र ३५ वर्षीय तेजकुमार लिम्बू र नातिनी १५ वर्षीय पञ्चकुमारी लिम्बू गम्भीर घाइते भएका सशस्त्र प्रहरी बल म्याङलुङ गुल्म जिरीखिम्तीका प्रहरी नायव उपरीक्षक प्रदीपसिह कार्कीले बताए । गाउँलेले खेतमा लगाउन घर माथिबाट लगेको कुलोको पानी थुनिएर पहिरो बगेको प्रहरीले जनाएको छ ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com