मुग्लिङ पहिरोले गैंडाकोटमा ट्रक रोकिए


प्रकाशित मिति : असार १७, २०७४ शनिबार

असार १७, २०७४- मुग्लिनमा पहिरोले बाटो बन्द भएपछि राजधानी जाने सयौं ट्रक प्रहरीले गैंडाकोटमा रोकेको छ । राजधानी काठमाडौं जाने मालबाहक ट्रक रोकेर प्रहरीले यात्रुबाहक गाडीलाई पठाएको छ । मुग्लिनमा पहिरो हटाएर दुईतर्फी सडक खुलाइएपछि रोकिएका ट्रक पठाइने प्रहरीले जानकारी दिएको छ ।

मालबाहक ट्रक यतै रोक्दा मुग्लिन नारायणगढ खण्डमा जाम कम हुने छ । बिहानदेखि रोकिएका ट्रकको लाइन गैंडाकोट भेदाबारीसम्म पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com