४ हजारबाट विशेष छात्रबृत्तिमा छानिए न्युयोर्कका नेपाली बालक


प्रकाशित मिति : असार १७, २०७४ शनिबार

न्युयोर्कको एउटा संस्थाले नेपाली विद्यार्थी सुशोभित खड्कालाई विशेष छात्रबृत्तिका लागि छनौट गरेको छ । ४ हजार भन्दा धेरै विद्यार्थीहरुबाट सुशोभित छात्रबृत्तिका लागि छानिएका हुन् । यसरी छात्रबृत्तिका लागि छानिनेमा अरु विभिन्न देशबाट अमेरिका आएका १२५ विद्यार्थीहरु छन् । प्रेप फर प्रेप नामको संस्थाले सुशोभितलाई छात्रबृत्तिका लागि छनौट गरेको हो । प्रेप फर प्रेप नेतृत्व विकाशसम्बन्धि कार्यक्रम हो ।

सुशोभितले अब मंहगा निजी स्कुल र कलेजमा छात्रबृत्तिका रुपमा अध्ययन गर्न पाउनेछन् । अल्पसंख्यक कम्युनिटीका लागि रहेको यो कार्यक्रमअन्तरगत छनौट भएकाहरुलाई महंगा र राम्रा विद्यालय र कलेजमा अध्ययनको अवशर प्रदान गरिन्छ । पढाईमा अब्बल रहेका र बुबाआमाले राम्रा तथा महंगा स्कुल र कलेजमा पढाउन नसक्नेहरुका लागि यो कार्यक्रम लक्ष्यित रहेको छ ।

यो कार्यक्रम अन्तरगत न्युयोर्क सिटीका ५ सय भन्दा धेरै स्कुलहरुले ५, ६ र ७ कक्षामा पढ्ने राज्यब्यापी परिक्षमा अँग्रेजी र गणितमा टप टेन प्रतिशत ल्याउने विद्यार्थीहरुको नाम पठाउँछन् । हजारौं नामहरुबाट झण्डै १२५ जना ५ र ६ कक्षका र ७५ जना ७ कक्षाका विद्यार्थीहरुलाई प्रारम्भिक अंगका रुपमा भर्ना गर्न छनौट गरिन्छ । १४ महिनाको शैक्षिक कार्यक्रम सफलताका साथ पुरा गर्न सक्ने विद्यार्थीहरुलाई त्यसपछि स्वतन्त्र स्कुलमा राखिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com