तीन गाउँपालिकामा माओवादी केन्द्र विजयी


प्रकाशित मिति : असार १७, २०७४ शनिबार

रोल्पा, १७ असार । यहाँका तीन स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् ।

दुईखोली गाउँपालिकामा माओवादी केन्द्रका निमकान्त डाँगी विजयी हुनुभएको छ । डाँगीले चार हजार छ सय आठ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका झक्कु घर्तीले एक हजार नौ सय ८९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै हितकुमारी बुढा विजयी हुनुभएको छ । बूढाले चार हजार छ सय आठ र उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी लक्ष्मी डाँगीले एक हजार आठ सय ९९ मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकामा रहेका सात वटै वडामा माओवादी केन्द्रको पूरै समूह विजयी भएको छ ।

थवाङ गाउँपालिकामा माओवादी केन्द्रका वीरबहादुर घर्ती एक हजार नौ सय ९० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अमित घर्तीले एक हजार ५० मत प्राप्त गर्नुभएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकी रामकिरणी रोका एक हजार नौ सय ६९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी श्रीकुमारी रोकाले नौ सय ९५ मत प्राप्त गर्नुभएको छ । पाँच वटा वडा रहेको थवाङ गाउँपालिकामा चार वडामा माओवादी केन्द्र र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रका आशबहादुर बुढा आठ सय २८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ध्रुवबहादुर घर्तीले छ सय ३६ मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकाका उपाध्यक्षमा माओवादी केन्द्रकी पवित्रा घर्ती मगर आठ सय ७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भिमली बुढाथोकीले छ सय ३५ मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकामा माओवादी केन्द्रले तीन वटा वडा, एमालेले दुई वटा वडा र काँग्रेसले एक वडामा विजय हासिल गरेका छन् ।

एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक गरिएको छ । जिल्लामा बाँकी रहेका सबै स्थानीय तहको मतगणना जारी छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com