गुल्मीको रेसुङ्गा नगरपालिका मेयरमा एमालेका डिल्लीराज भुसाल विजयी


प्रकाशित मिति : असार १७, २०७४ शनिबार

गुल्मीको रेसुङ्गा नगरपालिका मेयरमा एमाले उम्मेदवार डिल्लीराज भुसाल विजयी भएका छन् । भुसालले ६३८१ मत ल्याएका छन् भने पराजित नेपाली काँग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले ६२०४ मत ल्याए । उपमेयरमा पनि एमालेकै सिता भण्डारी ६२१३ मत ल्याएर विजयी भएकी छिन् ।

त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्वर ४ मा कांग्रेस र एमालेका वडाध्क्षका उमेदवार दुवैले वरावरी मत ल्याए पछि गोला प्रथाद्धारा गरिएको छ । जसबाट एमाले उमेदवार विजयी भएको जनाइएको छ । नेपााली कांग्रेसका वडाध्यक्ष उमेदवार लिलाधर आचार्य र एमाले उमेदवार विजयकुमार मरासिनी दुवैले ४९३ मत ल्याएका थिए । तर गोलाप्रथाबाट आएको परिणामको औपचारिक घोषणा गरिएको छैन ।

गुल्मीको मालिका गाँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवारहरु विजयी भएका छन्। अध्यक्षका लागि एमाले उम्मेदवार रितबहादुर थापाले ४ हजार ४१ मत प्राप्त गरि विजयी हुदा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले ३४ सय ४७ मत प्राप्त गरेका छन्। त्यस्तै उपाध्यक्षमा एमालेकी देवा रिजालले ४ हजार २५ मत ल्याए विजयी भएकी छन्। प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सीता अर्यालले भने ३७ सय ५८ मत प्राप्त गरेकी छन्।

गुल्मी जिल्लाको गुल्मी दरवार गाउँपालिका नेपाली कांग्रेसले जितेको छ। नेपाली कांग्रेसका अशोककुमार थापाले नेकपा एमालेका कृष्ण भुसाललाई आठ सय २५ मतको अन्तरले पराजित गरेर विजयी भएका हुन्। थापाले पाँच हजार पाँच सय ७५ र भुसालले चार हजार सात सय ५० मत प्राप्त गरे । त्यस्तै गुल्मी दरवार गायँपालिकाको उपप्रमुखमा कांग्रेसकै मिना भण्डारीले आठ सय ९० मत अन्तरले एमालेकी सुशीला पुनलाई पराजित गरेकी छन्। भण्डारीले पाँच हजार छ सय आठ र पुनले चार हजार सात सय १८ मत प्राप्त गरेकी छन्। गुल्मी दरवार गाउँपालिकामा १५ हजार तीन सय ६७ मतदाता मध्ये ११ हजार ३४ मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ। गुल्मी दरवार गाउँपालिकामा नेपाली कांग्रेसले चार र नेकपा एमालेले तीन वडा जितेको छ। सबै वडा दुवै पार्टीले प्यानलनै जितेका हुन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com