यसरी फहराए न्युजर्सीका मेयरले नेपालको झण्डा (भिडियो सहित)


प्रकाशित मिति : असार १७, २०७४ शनिबार

अमेरिकाको न्युजर्सीका मेयर स्टेभन फुलपले आज एक कार्यक्रमका बीच नेपालको झण्डा फहराएका छन् । ग्रोभ स्ट्रीट जर्सी सिटीमा रहेको काउन्सिल च्याम्बर्सको सिटी हलमा जर्सी सिटी मेयर फुलपले नेपालको झण्डा फहराए ।

नेपालको झण्डा फहराउनुका साथै नेपालको राष्ट्रिय गान समेत बजाइदा उपस्थीत नेपालीहरु भावुक बनेका थिए । कार्यक्रममा केही नेपालीहरुलाई मेयरले सम्मान समेत गरेका थिए । सम्मानित हुनेहरुमा न्युयोर्कका चर्चित कानुन व्यवसायीहरु न्युजर्सी निवासी खगेन्द्र जीसी, केशव सेडाई र युवा नेता ऐश्वर्या शर्मा रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुन ३० लाई न्युजर्सीको जर्सी सिटीले नेपालको झण्डा फहराउने दिवस घोषणा गरे अनुरुप सो कार्यक्रम गरिएको हो । नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटएका मेयरको उपस्थीतिमा नेपालको झण्डा फहराइएको हो ।

कार्यक्रममा उपस्थीत नेपालीहरु विविध नेपाली पहिरनमा रहेका थिए । अब जर्सी सिटी अब नेपालको झण्डा फहराउने दोश्रो अमेरिकी शहर बनेको छ । फिलाडेल्फिया सिटीले सन् २०१० को नोवेम्वर १९ तारिख पहिलो पटक नेपालको झण्डा फहराएको थियो । त्यस्तै कोलोराडोको सिटी अफ डेनभरले अप्रिल महिनाको तेश्रो आइतवारलाई नेपाल दिवसका रुपमा मनाउदै आएको छ ।

जर्सी सिटी एक मात्र अमेरिकी शहर हो जसले नेपालमा सन् २०१५ को अप्रिल २५ तारिख गएको महाभूकम्पबाट प्रभावित नेपाली परिवारहरुको अमेरिकामा रहेका नेपालीहरुको लागि टिपिएस (टेम्पोररी प्रोटेक्टेड स्टाटस) प्रदान गर्न अनुरोध गर्दै सिटी काउन्सिलबाट रिजोलुसन पारित गरेको थियो । जर्सी सिटीले आफूलाई आप्रवासीहरुको लागि स्याङ्चुरी (सुरक्षित) सिटी घोषणा गरिसकेको छ ।

जर्सी सिटी डाईभर्सिटी एण्ड इन्क्लुजन बोर्डकी सल्लाहकार डा. बिष्णुमाया परियार र जर्सी सिटी नेपाली कम्यूनिटीका प्रदीप परियार थापाको विशेष पहलमा नेपालको झण्डा फहराउने कार्यक्रम भएको हो ।

तस्विर बिष्णुमाया परियारको फेसबुकबाट साभार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com