माओवादी केन्द्र विजयी


प्रकाशित मिति : असार १६, २०७४ शुक्रबार

धनगढी, १६ असार । कैलालीको पहाडी क्षेत्रको मोहन्याल गाउँपालिका–१ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नवीन पुनमगर विजयी हुनुभएको छ ।

उहाँले १४१ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मण बमले ६८ मत प्राप्त गर्नुभयो ।

यता ७ नं प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको पछिल्लो मतगणनाअनुसार प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसको अग्रता कायम रहेको छ । प्रमुखमा काँग्रेसका नृप ओडले एक हजार १३५र उपप्रमुखमा सुशीला मिश्र भट्टले एक हजार ६२० मत प्राप्त गर्नुभएको छ ।

प्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमालले एक हजार १९ मतले काँग्रेसका उम्मेदवारलाई पछ्याइरहनुभएको छ । यसैगरी नेकपा(एमाले) का प्रमुखका उम्मेदवार दुर्गा जोशीले ६७६ र उपप्रमुखका रुकमिनी देवकोटाले ९३५ मत प्राप्त गर्नु भएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com